बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

इरानले तोक्यो सुलेमानीका उत्तराधिकारी, लगत्तै अमेरिकाले दियो चेतावनी

शुक्रबार, १० माघ २०७६, ०० : ०५
शुक्रबार, १० माघ २०७६

एजेन्सी ।  इरानले अमेरिकाद्वारा हत्या गरिएका कुदस फोर्स जनरल सुलेमानीको स्थानमा इस्माईल घनीलाई प्रमुख बनाएको छ । सुलेमानीको हत्या भएको करिब ३ हप्तामा घनीलाई उक्त जिम्मेवारी दिइएको हो । 
नियुक्ती पाएलगत्तै घनीले सुलेमानीको बाटोमा हिँडेर उनले छोडेको अधुरो काम पुरा गर्ने वचन दिएका छन् । तर घनीको यो अभिव्यक्ति आएलगत्तै अमेरिकाले उनले सुलेमानीकै बाटो पच्छ्याए राम्रो नहुने चेतावनी दिएको छ । 
घनीले नियुक्ति पाएलगत्तै दिएको सो अभिव्यक्तिपछि अमेरिकी विशेष दूत ब्रायन हुकले अरबी भाषाको दैनिक समाचारपत्र अशारक अलअवसादसँगको प्रतिक्रियामा उनको अभिव्यक्तिप्रति आक्रोश पोखेका हुन् । समाचारपत्रसँगको कुराकानीमा उनले भने, ‘यदि घानीले पनि सुलेमानीको व्यवाहारलाई पछ्याए भने उनको पनि त्यस्तै हालत हुने निश्चित छ ।’

अन्तर्वार्तामा उनले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पले यसबारे धेरै स्पष्ट गरिसकेका छन्, अमेरिकी जनता वा अमेरिकी हितका लागि निर्णायक जवाफ दिनुपर्ने हुन्छ।’ उनले भने, ‘मलाई लाग्छ, इरानी शासनले अब यो बुझ्न थालिसकेको छकि त्यसले अमेरिकामा अब आक्रमण गर्न सक्दैन। त्यसैले ऊ त्यसबाट टाढा बस्नेछ ।’ 

इरानी कमाण्डर सुलेमानीको जनवरी ६ मा अमेरिकी सेनाको आक्रमणमा मृत्यु भएको थियो । उनको मृत्युपछि ती दुई देशबीच तनाव जारी छ । Photo: jagaran.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप