मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकारले पैसाको लोभमा आफ्ना आदर्श दाउमा राख्नु कत्तिको जायज हो ?

बिहीबार, ०९ माघ २०७६, २३ : ०३
बिहीबार, ०९ माघ २०७६

सन् २०१८ सेप्टेम्बरमा नवाजुद्दीन सिद्दीकी नन्दिता दास निर्देशित फिल्म ‘मन्टो’मा सआदत हसन मन्टो बने । ठीक पाँच महिनापछि उनी बाल ठाकरेको भूमिकामा देखिए । 

नावजुद्दीनले यसमा एक कलाकार हरेक भूमिका निभाउन स्वतन्त्र हुने र उसको भूमिकामा कुनै छेकबार हुन नहुने भनेर पन्छन सक्छन् ।  

अभिनेता मोहम्मद जीशान अयूब मन्टो उनको मनपर्ने भूमिका भएकाले आखाँ चिम्लेर लिने तर बाल ठाकरेको भूमिका पाएमा पटकथा पढेर मात्र निर्णय लिने बताउँछन् । 

जीशान भन्छन् ,‘ बाल ठाकरेको भूमिका निभाउन समस्या होइन तर म प्रोपोगेण्डा फिल्म गर्दिनँ । म हिटलरलाई हिटलर देखाउने भूमिका स्वीकार्छु तर उनलाई एक राष्ट्रभक्त देखाउने फिल्म खेल्न सक्दिन ।’

वरिष्ठ फिल्म पत्रकार जिया उस सलमानको विचारमा कलाकारले भूमिकामा विविधता खोज्छ । त्यो स्वाभाविक पनि हो । तर मन्टोको कुरा गर्ने कलाकार अचानक बाल ठाकरेलाई नायक देखाउने प्रोपोगेण्डा फिल्ममा कसरी काम गर्न सक्छ भन्ने प्रश्न गर्छन् ।

सलाम यसका पछाडि लोभ र डरको भूमिका देख्छन् । 

‘तानाजी द अनसंग वारियर’ फिल्ममा उदयभान राठौरको भूमिकामा सैफ अली खान सहमत थिएनन् । तर पनि उनले यो भूमिका निभाए । यो कुरा उनी आफैले भनेका हुन् ।

सैफ अली खानले अब आगामी दिनमा यस्तो भूमिकामा अभिनय गर्नु अघि सोच्ने बताए । 

सैफले ‘तानाजी’ फिल्ममा राजनीतिक कथ्यलाई तोडमोड गरिएको बताउँदै उक्त कुरालाई निक्कै खतरनाक बताए । सैफले आफूलाई फिल्ममा इतिहास तोडमोड गरिएको कुरा पहिले थाहा भएको तथ्य खुलाए । 
यति धेरै कुरा थाहा हुदाँहुदै पनि सैफले किन यो भूमिका निभाए त ? सैफले भूमिका छनौटको प्रतिरक्षामा आफूलाई भूमिका निकै आकर्षक लागेको बताएका छन् । 

चर्चित फिल्मकर्मी मुजफ्फर अली भने सैफको तर्कलाइ बेकार मान्छन् । उनी भन्छन् ,‘ जब तपाईलाई फिल्मको राजनीतिक कथ्य बदलिएको छ भन्ने थाहा थियो भने तपाईलाई कसरी भूमिका आकर्षक लाग्यो ? यो त तर्कै भएन । थाहा पाउदाँ पाउदै गतल गर्नुको के मतलब भयो ?’

तानाजी फिल्ममा मुगल शासकलाई विदेशी र हिंस्रक भनिएको छ । साथमा फिल्ममा मराठाको महिमामण्डन गरिएको छ । 

उमराव जानजस्तो फिल्म बनाउने निर्देशक मुजफ्फर अली भन्छन् ,‘ यो कुरा तानाजीको मात्र होइन । तपाई पद्मावत हेर्नुस् । यसमा त अलाउद्दीन खिलजीलई कुनै चपरासीजस्तो देखाइएको छ । अलाउद्दीन खिलजी मध्यकालको एक शासक थिए र उनको भूमिकालाई ऐतिहासिक अनुसन्धान गरेर दखाउनुपर्छ । यसमा हिन्दू–मुसलमानको दुर्भावना देखाउनु हुदैन । अहिले फिल्ममा संकीर्ण एजेन्डालाई लिएर काम गरिदैंछ । ऐतिहासिक भूमिकामा तपाई तलमाथि गर्न सक्नुहुन्न ।’

अहिले भारतमा फिल्मकर्मीले मुसलमानलाई विकृत रुपमा प्रस्तुत गर्न थालेको चर्चा चल्न थालेको छ । 

चर्चित इतिहासकार हरबंस मुखिया भन्छन् ,‘कुनै पनि शासकलाई हामी कसरी धर्मको चश्माले हेर्न सक्छौं ? अकबरको जमानामा सबैभन्दा खास राजा मान सिंह थिए । औरंगजेबको जमानामा राजा जयवन्त सिंह र जय सिंह सबैभन्दा खास रहे । मराठामा पनि धेरै महत्वपूर्ण राजा थिए । मध्यकालमा कुनै मुस्लिम शासन थिएन, मुसलमान शासक थियो । तिनको राज्यमा हिन्दू पनि महत्वपूर्ण पदमा रहन्थे । फिल्म बजारमुखी हुन सक्छ तर यसमा इतिहासलाई बजारवादी बनाइन हुदैन ।’

आशुतोष गोवारिकरले सन् २००८ मा जोधा–अक्बर फिल्म बनाएका थिए । यो फिल्म हिन्दू राजकुमारी र मुगल शासक अकबरको प्रेम कहानी हो । तर समस्या के भने हिन्दू राजकुमारी इतिहासमा कतै भेटिदैन ।

‘अकबरको समयमा जोधाबाई नामको कुनै ऐतिहासिक महिला नै थिइनन् । जाहांगिरको एक जोधाबाई नामकी पत्नी रहेको भनिन्छ । तर अकबरको जोधाबाई नामको कुनै पत्नी थिइनन् । आशुतोषले फिल्म

बनाउनु अघि चर्चित इतिहासकार इरफान हबीबसँग गएर सोधेका थिए । उनले अस्वीकार गरेका थिए तर पनि फिल्म बनाइयो ,’ मध्यकालिन समयका चर्चित इतिहासकार हरबंस मुखियाले भने ।

इतिहासकार अकबरको पाँच जना मात्र पत्नीको रहेको बताउँछन् । ती सलीमा सुल्तान, मरियम उद जमानी, रजिया बेगम, कासिम बानू बेगम र बीबी दौलत शाद थिए । जोधाबाई कतै पनि उल्लेख छैनन् ।

‘भारतमा सरकार वा राजनीतिक ध्रुवीकरण हेरेर फिल्म बनाइन्छ । कंग्रेसको सरकारमा हिन्दू मुसलमान प्रेममा आधारित ‘जोधा–अकबर’ फिल्म बन्यो । अहिलेको सरकार उग्र हिन्दू राष्ट्रवादी छ र ‘तानाजी’जस्तो फिल्म बनिरहेको छ । यहाँ सत्तालाई खुसी बनाउन फिल्म बनाउने परम्परा बसेको छ । अहिले भाजपा शासित राज्यमा तानाजीले करमुक्त गरिएको किन गरिएको छ त ?’ हरबंस मुखियाले भने । 

केही ऐतिहासिक भनिएका फिल्मको सुरुमै यस फिल्मका पात्र काल्पनिक भनेर ‘डिस्क्लेमर’ दिइएको हुन्छ । अरबंस भने सबै पात्रहरु काल्पनिक हुन् भने तिनको नाम पनि इतिहासबाट नलिएर काल्पनिकनै राख्नुपर्ने तर्क गर्छन् । 

चर्चित फिल्मकर्मी आनन्द पटवर्धनको विचारमा पनि भारतीय फिल्ममा मुसलमान पात्रलाई खराब देखाउने चलन बढेको मान्छन् । 

सैफ अलि खान र अजय देवगन अभिनित फिल्म ‘तानाजी द अनसंग वारियर’ले अहिले करौडौं पैसा कमाइरहेको छ । अहिले आएर सैफ अली खानले आगामी फिल्ममा यस्तो भूमिका ननिभाउने बताएका छन् ।

बीबीसी/रजनीश कुमार 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप