केन्द्रीय संस्करण

भ्लादिमिर पुटिनको प्रस्ताव छलफलै नगरी संसदबाट पारित

person explore access_timeमाघ ९, २०७६ chat_bubble_outline0

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पेस गरेको संविधान पुनर्संरचनासम्वन्धी प्रस्तावलाई सांसदहरूले छलफल विना नै पारित गरिदिएका छन् ।  बिहीबार बसेको संसद बैठकबाट दुई घण्टाभन्दा कम समयमै सो प्रस्ताव निर्विरोध पारित भएको अधिकारीहरूले जनाएका छन् । 

संसदको तल्लो सदनमा रहेका कुल सांसद ४३२ जनामध्ये सबैले प्रस्तावको पक्षमा मतदान गरेको संसदमा घोषणा गरिएको थियो ।  राष्ट्रपति पुटिनले तीन दिन अगाडि मात्रै संविधान संशोधनको आफ्नो प्रस्ताव संसदमा प्रस्तुत गरेका थिए । ‘यसले हाम्रो शक्तिशाली एकताको सन्देश दिएको छ,’ सभामुख भयाचेस्लाभ भोलोदिनले मतदानपछि भने । बिहीबार भएको मतदान पहिलो चरणको हो भने दोस्रो चरणको मतदान आगामी फेब्रुअरी ११ तारिखमा हुने अपेक्षा गरिएको छ ।

संसदमा राष्ट्रपति पुटिन पक्षधरका सांसदहरु नै अत्यधिक रहेकाले आगामी मतदानबाट पनि उनको प्रस्ताव पारित हुने निश्चित जस्तै रहेको जनाइएको छ ।   राष्ट्रपति पुटिनले गत हप्ता पुनर्संरचनासम्बन्धी नयाँ प्रस्ताव तयार पारेका थिए भने उनले प्रस्ताव ल्याएसँगै तत्कालिन प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका थिए ।

तत्कालिन प्रधानमन्त्रीले राजीनामा दिएपछि केहीदिनमा उनले नयाँ प्रधानमन्त्री र मन्त्रीहरु समेत नियुक्त गरिसकेका छन् । राष्ट्रपति पुटिनले नयाँ प्रस्ताव गर्नुभएको नयाँ व्यवस्थाअनुसार राष्ट्रपतिसँग रहेका कतिपय अधिकार संसद र राज्यका अन्य विभिन्न निकायहरुलाई दिइने भएको छ ।Photo: www.fox44news.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...