केन्द्रीय संस्करण

बुल्गेरियाद्वारा तीन रूसीमाथि बिष सेवन गराई हत्या प्रयास गरेको आरोप

person explore access_timeमाघ ९, २०७६ chat_bubble_outline0

एजेन्सी । बुल्गेरियाले बिष सेवन गराई हत्या गर्ने प्रयास गरेको आरोप तीन रूसी नागरिकमाथि लगाएको बिहीबार बुल्गेरियाली अभियोजनकर्ताहरूले जानकारी गराएका छन् ।

उनीहरूमाथि हतियार निर्माता इमिल्यान गेब्रेव, उनका छोरा र कम्पनीका एक व्यवस्थापकलाई सन् २०१५ को अप्रिल २८ र मे ४ तारिखमा ‘अर्गानोफोस्फेट’ नामक विषाक्त तत्व सेवन गराई हत्या गर्ने प्रयास गरेको आरोप लागेको हो,” अभियोजनकर्ताहरूले एक विज्ञप्ति जारी गरी बताएका छन् ।

धेरैको जीवनलाई जोखिम गरेको अति बिषाक्त तत्वको प्रयोग गरी उनीहरूलाई हत्या गर्ने प्रयास गरिएको भएपनि समयमै उपचार हुँदा उनीहरूको जीवन बचेको थियो ।

विज्ञप्तिमा आरोपित तीनै जना रूसी नागरिकको नाम उल्लेख गरिएको छैन । तर उक्त घटना बेलायतको सोल्जबरी आक्रमणका नामले चर्चित रूसी पूर्व गुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरीमाथिको रासायनिक आक्रमणसँग जोडिएको बताइएको छ ।

सन् २०१९ को फेब्रुअरीमा अनुसन्धानमुलक वेबसाइट बेलिङक्याटले आक्रमणमा तेस्रो व्यक्ति डेनिस भ्यास्चेस्लाभोभिच सेर्गिभ नामका रूसी सैन्य गुप्तचरका उच्च पदस्थ अधिकारी पनि जोडिएको हुनसक्ने उल्लेख गरेको थियो । 

सेर्गिभ नक्कली रूसी राहदानीमा स्क्रिपाल र उहाँकी छोरी यूलियालाई रासायनिक आक्रमण गरिनुपूर्व (दुइ दिन आगाडि)  बेलायत पुगेको बेलिङक्याटले लेखेको थियो । उनी सन् २०१५ को फेत्र्रुअरी र अप्रिलमा बुल्गेरिया पुगेका थिए । 

सेर्गिभको बुल्गेरियाको दोस्रो भ्रमणको अन्तिम दिन गेब्रेभले सोफियामा गरेको स्वागत समारोहमा बेहोस भै लडेका थिए । उक्त बिषको असर गेब्रेभका छोरा र उनका कम्पनीका कार्यक्रम व्यवस्थापकमा पनि देखिएको थियो । तर ती सबै जना केही समयको उपचारपछि निको भई घर फर्किएका थिए । Photo: Dailymail
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...