शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टिपरको ठक्करबाट मृत्यु

बिहीबार, ०९ माघ २०७६, २१ : ५८
बिहीबार, ०९ माघ २०७६

टिपरको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगर बजारमा आज एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भाषीतर्फबाट ग्राभेल लिएर भीमदत्तनगरतर्फ आइरहेको से१क ८८७ नं को टिपरको ठक्करले पैदलयात्रु महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । 

महिलाको मृत्यु भए पनि सनाखत हुन सकेको छैन । स्थानीयवासीका अनुसार टिपर चालकको लापरवाहीका कारण मृत्यु भएको भन्दै राजमार्ग अवरुद्ध पारेका छन् । प्रहरीले घटनास्थलमा केही राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ । टिपर प्रहरी सुरक्षा घेरामा राखिएको छ भने शव महाकाली अस्पताल पु¥याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप