घुस लिएको अभियोगमा मुद्दा
काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु पाँच हजार ५०० घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा बखरी मोरङ कार्यरत सशस्त्र प्रहरी जवान शशितनारायण विश्वास विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगको इटहरीबाट गएको टोलीले विश्वासलाई घुससहित केही दिन पहिले पक्राउ गरेको थियो । प्रहरी जवान विश्वासले भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए । यस्तै राहत दरबन्दीमा शिक्षक राख्ने क्रममा परीक्षार्थीलाई सामाजिक सञ्जालको प्रयोग गरी प्रश्नपत्र र उत्तर कुन्जिका पठाएको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।
पिपलचौतारा माध्यमिक विद्यालय डुंगेश्वर दैलेखका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समितिका संयोजक भक्तबहादुर शाहीले राहत दरबन्दीमा निम्न माध्यमिक विद्यालय तहको सामाजिक विषयको शिक्षक छनोटको परीक्षा सञ्चालन हुनु अगावै सामािजक सञ्जालमार्फत पश्नपत्र र उत्तर कुन्जिका चुहाएको अभियोग लागेको छ ।
आयोगको सुर्खेतबाट गएको टोलीले अध्यक्ष शाही, छनौट भएका शिक्षक घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकलाई पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ