केन्द्रीय संस्करण

नेपाल सोझै टी–२० विश्वकपको ग्लोबल छनोटमा

person explore access_timeमाघ ९, २०७६ chat_bubble_outline0
File-photo

काठमाडौं ।  नेपालले सोझै सन् २०२१ मा भारतमा हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्न पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै नेपाललार्ई ग्लोबल छनोट खेल्न मौका दिने निर्णय गरेको हो ।

आईसीसीको जनवरी १ मा सार्वजनिक गरेको टी–२० वरियताका आधारमा नेपाललाई सिधै ग्लोबल छनोटको मौका दिएको हो । नेपालसँगै जिम्बाबे, हङकङ र युएईले पनि सोझै ग्लोबल छनोटमा स्थान बनाएका छन् । ग्लोबल छनोटमा १६ देशले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालसँगै जिम्बाबे, हङकङ र युएईले क्षेत्रिय छनोट र सन् २०२० को विश्वकप खेल्ने टोलीका पुछारका चार देश सम्मिलित १२ देशसँग विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट उत्कृष्ट चार टोली विश्वकपका लागि छनोट हुनेछ ।

नेपाल आईसीसी वरियतामा १२औं स्थानमा छ । जिम्बाबे ११ औं युएई १५औं र हङकङ २०औं स्थानमा छन् । ग्लोबल छनोट २०२१ मार्च र जुलाईमा हुने छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...