एकदिवसिय सिरिजमा क्यान विजयी
काठमाडौं । तेस्रो एकदिवसिय मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल क्रिकेट संघ (क्यान)–११ ले लगातार तेस्रो जित हात पारेको छ । यससँगै नेपालले सिरिज जितेको छ । पोखरा रंगशालामा बिहिबार भएको खेलमा क्यानले मलेसिया–११ लाई पाँच विकेटले हरायो । मलेसियाले दिएको एक सय ५८ रनको विजय लक्ष्य क्यानले २३.५ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।
क्यानको जितमा रोहित कुमार पौडेलले ८१ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए । लोकेश बमले २६ रन बनाए । मलेसियाका विजय उन्नीले दुई देबेन्द्र मोगन, मोहम्मद हफिज र अनवार रहमानले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४३.५ ओभरमा सवै विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो । मलेसियाका लागि भुषण सेभले सर्वाधिक ३० रन बनाए । देवेन्द्र मोगनले २८, सार्विन मुनियन्डीले २२, मोहम्मदले आरिफ १७ र सैद अजिजले १५ रन बनाए ।
क्यानका अभिनाष बोहराले तीन विकेट लिए । ललित नारायण राजवंशीले र कुशल मल्लले दुई दुई तथा किशोर महतो र कमल सिंह ऐरीले एक एक विकेट लिए । यसअघि पहिलो खेलमा क्यानले मलेसियालाई एक सय ३५ र दोस्रो खेलमा एकसय ७० रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत