प्रदेश नम्बर २ मा नेकपा-राजपा गठबन्धन विजयी
बिहीबार, ०९ माघ २०७६, १९ : १०
धनुषा । प्रदेश दुईको राष्ट्रियसभा निर्वाचनमा नेकपा-राजपा गठबन्धनबाट अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका शेखर सिंह विजयी भएका छन् । उनले नेपाली काँग्रेस र समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवारी दिएका भोला पजियारलाई पराजित गरेका हुन् । सिंहले ५ हजार ५ सय २ मतभार ल्याएका छन् भने पजियारले ४ हजार ५ सय १२ मतभार ल्याए ।
अल्पसंख्यक कोटाको परिणाम आएसँगै राष्ट्रियसभाको प्रदेश दुईको निर्वाचन चारवटै सीटमा नेकपा राजपा गठबन्धनले विजयी हासिल गरेको छ । नेकपा राजपा गठबन्धनबाट महिलातर्फ तुलसा दहाल, खुल्लातर्फ मृगेन्द्र सिंह र दलिततर्फ राधेश्याम पासवान विजयी भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत