शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेलमिलाप र बेपत्ता पारिएकाहरुको छानबिन आयोगका पदाधिकारीद्वारा सपथ

बिहीबार, ०९ माघ २०७६, १८ : ४१
बिहीबार, ०९ माघ २०७६

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सत्य निरुपण आयोगका नवनियुक्त अध्यक्ष डा.गणेशदत्त भट्ट र बेपत्ता आयोगका नवनियुक्त अध्यक्ष युवराज सुवेदीलाई पद तथा गोपनीयताको सपथ गराएका । 

सोही अवसरमा प्रधानन्यायाधीशको उपस्थितिमा सत्य निरुपण आयोगका अध्यक्ष डा.भट्टले नव नियुक्त सदस्यहरु प्रचण्डमान प्रधान, डा.गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेल तथा बेपत्ता आयोगका अध्यक्ष सुवेदीले नवनियुक्त सदस्यहरु विश्वप्रकाश भण्डारी, गङ्गाधर अधिकारी, सुनिल रञ्जना सिंह र सरिता थापालाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले गत शनिबार नाम सिफारिस गरेपछि उनीहरुलाई सरकारले नियुक्त गरेको हो । पदाधिकारीको नियुक्तसँगै गत चैतदेखि रिक्त रहेको दुवै आयोगले पूर्णता पाएका छन् । 

यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँग दुवै आयोगका नवनियुक्त पदाधिकारीले आज भेट गरेका छन् ।  भेटमा मन्त्री ढकालले दुवै आयोगले ऐनद्वारा निर्धारित आफ्नो काम समयमा सफलतापूर्वक सम्पन्न गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन पदाधिकारीलाई आग्रह गरे । उनले आयोगका काम कारवाहीमा सरकार तर्फबाट पूर्ण रुपमा सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

यो पनि पढ्नुहोस्ः 

सत्य निरुपण र बेपत्ता आयोगमा नेकपा–काँग्रेसको भागबण्डा : शान्ति प्रक्रियाको बाँकी काम पुग्ला निष्कर्षमा ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप