शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा उद्यमी रविभक्त श्रेष्ठ चयन

बिहीबार, ०९ माघ २०७६, १८ : ३४
बिहीबार, ०९ माघ २०७६

काठमाडौं– युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी यस कम्पनीको संस्थापक शेयरधनी एन.ई गु्रप प्रा.लि.का अध्यक्ष समेत हुन् ।

बिमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम माघ ९ गते अध्यक्ष श्रेष्ठले बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिई पदभार ग्रहण गरेका छन् ।

अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी सफलतापूर्वक वहन गरिसकेका छन् ।

देशको अर्थतन्त्रप्रति गहिरो रूचि राख्ने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिन्छन् ।

अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पु¥याउन आफु प्रतिवद्ध रहेको बताए । कुशल व्यवस्थापकीय क्षमताका कारण समाजमा ख्याती कमाएका भएका श्रेष्ठले संचालक समिति र सम्पूर्ण सेयरधनीहरूबीच सुमधुर सम्वन्ध विस्तार गरि युनाईटेड ईन्स्योरेन्सलाई देशकै उत्कृष्ट बिमा कम्पनीका रूपमा स्थापित गर्नुहुने विश्वास गरिएको छ ।

साथै, अध्यक्ष श्रेष्ठले कम्पनीलाई पूर्ण व्यवसायिक रूपमा अगाडि बढाउन आफु प्रतिवद्ध रहेको बताउदै यसका लागि नियामक निकाय, सेयरधनी, विमित एवं शुभेच्छुकहरूबाट पूर्ण साथ र सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरे । 
            

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप