शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देवः विकास बैंकको दुई नयाँ शाखा संचालनमा

बिहीबार, ०९ माघ २०७६, १८ : २५
बिहीबार, ०९ माघ २०७६

काठमाडौं– देवः विकास बैंक लिमिटेडले दुई नयाँ शाखा कार्यालय विस्तार गरी कारोवार सुरु गरेको छ ।

बैंकको खजुरा गाउँपालिका रिमझिम बजारमा सञ्चालित रिमझिम शाखा कार्यालयको बैंक संचालक समितिका अध्यक्ष उपरथि बज्र गुरुङ (अ.प्रा.)बाट उद्घाटन भएको छ । 

उद्घाटन कार्यक्रममा अध्यक्ष गुरुङले गुणस्तरिय सेवा विस्तारमा जोड दिँदै बैंकलाई कुमारी बैंकसँग समाहित गरी अझ उत्कृष्ट सेवा प्रदान गर्न लागेको बताए ।

यसैगरी, घोराही उप महानगरपालिकाको हस्पिटल रोडमा संचालनमा ल्याएको नयाँ शाखा कार्यालयको घोराही उप महानगरपालिका नगर प्रमुख नरुलाल चौधरीबाट उद्घाटन भएको छ ।

कार्यक्रममा नगर प्रमुख चौधरीले घोराही नगर क्षेत्रको बढ्दो आर्थिक गतिविधि, शहरीकरण र ग्राहकको माग बमोजिम एउटै बजार क्षेत्र भित्र दुई वटा शाखा संचालन गरेर आर्थिक गतिविधिलाई सहज बनाइ दिएको र बैंकले वित्तीय साक्षरता तथा पहँुचमा बृिद्ध हुने कार्यमा समेत जोड दिन आवश्यक रहेको बताए । 

कार्यक्रममा बैंकका प्रमूख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले देवः विकास बैंक सधैं ग्राहकको अधिकतम सुविधालाई ध्यानमा राखि अगाडि बढिरहेको र समयानुकूल आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं स्तरोन्नतिका लागि कुमारी बैंक लि.सँग एक्विजिशनमा जान लागेको जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप