मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस इतर पक्षका नेताहरु शशांक निवासमा भेला

बिहीबार, ०९ माघ २०७६, १६ : १९
बिहीबार, ०९ माघ २०७६

काठमाडौं । काँग्रेस संस्थापन इतर पक्षका नेताहरु महराजगञ्जमा भेला भएका छन् । महराजगञ्जस्थित महामन्त्री शशांक कोइरालानिवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतको सहभागी रहेको कोइरालाका स्वकीय सचिव भरत तिवारीले रातोपाटीलाई जनाकारी दिए ।

उनका अनुसार बुधबार साँझ सभापति शेरबहादुर देउवासँगै पार्टीको पछिल्लो विवादबारे भएको छलफलका सम्बन्धमा इतर पक्षले आफू निकट नेताहरुलाई जानकारी गराउन बैठक बोलाइएको हो । विवादित विषयमा भोलि बिहान छलफल अगाडि बढ्ने देउवा निवासमा भएको छलफलमा सहमति भएको थियो । सोहीअनुसार नेताहरु छलफलमा जुटेको देखिन्छ ।

महामन्त्री कोइरालाले देउवासँग भएको कुराहरुमा सबै नेताहरुको राय लिन पौडेललाई भनेपछि महाराजगञ्जमा इतर पक्षका नेताहरु भेला भएका हुन् । यता, महामन्त्री कोइरालाले सभामुखको उम्मेदवारीबारे संसदीय कार्यसमितिले लिएको तथष्ट निर्णयबारे पनि छलफल हुनेछ । उक्त निर्णयप्रति महामन्त्री कोइरालाको विमति रहेको छ । यसमा इतर पक्षले फरक धारणा राख्नुपर्ने उनको भनाइ छ ।

मंगलबार बसेको संसदीय दलको कार्यसमिति बैठकमा उनको सहभागिता थिएन । देउवाले सभामुख उम्मेदवारबारे तटस्थको नीति लिएको विषयमा इतर पक्षले सोधखोज गर्ने तयारी थालेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप