बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद दीपक मनाङे पक्राउ

बिहीबार, ०९ माघ २०७६, २० : ००
बिहीबार, ०९ माघ २०७६

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको अभियोगमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङ पक्राउ परेका छन् । उनी बिहीबार पाेखराकाे लेकसाइडस्थित हाेटल प्याराडाइज इनबाट पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । 

गुरुङले बुधबार मनाङेविरुद्ध जिल्ला अदालत कास्कीमा उजुरी दर्ता गराएका थिए । 

मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ । 

मनाङले आफूले हातपात गरेको पत्रकार सम्मेलनमार्फत नै स्वीकार गरिसकेका छन् । पत्रकार सम्मेलनमा उनले मिलन भ्रष्टाचार र गठीमा संलग्न रहेको भन्दै उनले फूलमाला लगाएर नहुने र झापडमै हान्नुपर्ने बताएका थिए ।

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप