शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मतदानस्थलमा पत्रकारद्वारा कालोपट्टी बाँधेर रिपोर्टिङ

बिहीबार, ०९ माघ २०७६, १५ : ५८
बिहीबार, ०९ माघ २०७६

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकामा गत पुस २२ गते पत्रकारहरुमाथि भएको हातपात तथा दुव्र्यवहारको विरोधमा बिहीबार पनि पत्रकारहरुले कालोपट्टी बाँधेर रिपोर्टिङ गरेका छन् । 

वाक, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी पत्रकारहरुमाथि भएको कुटपिट, लुटपाट तथा दुव्र्यवहारको विरोध गर्दै पत्रकारहरुले कालोपट्टी बाँधेर काम गरेका हुन् ।

बिहीबार जनकपुरमा प्रदेश २ अन्तर्गत राष्ट्रिय सभाको रिक्त पदका लागि भइरहेको निर्वाचनका क्रममा समाचार संकलन गर्न पुगेका पत्रकारहरुले कालोपट्टी बाँधेर रिपोर्टिङ गरेका छन् ।

पत्रकार सम्बद्ध संघर्ष समितिले पत्रकारहरुलाई कुटपिट गर्ने दोषीहरुमाथि कानुनी कारवाही नभएको भन्दै गत माघ ७ गतेदेखि नै कालोपट्टी बाँधेर विरोध जनाउँदै आईरहेका छन् । 

पत्रकारहरुमाथि जनकपुरधाम उपमहानगर कार्यालयमा भएको दुव्र्यवहार घटनालाई साम्य पार्नका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले आयोजना गरेको सर्वपक्षीय बैठकमा दोषीहरुलाई कानूनी दायरामा ल्याउने सहमति भएको थियो । सहमति भएको दुई साता बित्दा पनि दोषीहरुलाई कानूनी दायरामा नल्याइएकोले शान्तिपूर्ण रुपमा विरोध गर्नु परिरहेको नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्णले बताए । 
उनले प्रेस स्वतन्त्रता तथा सूचनाको हकको प्रत्याभूति नभएसम्म विरोध जारी रहने बताए । 

गत पुस २२ गते जनकपुरधाम उपमहानगर कार्यालयमा पत्रकारमाथि मेयर लालकिशोर साहको निर्देशनमा कुटपिट दुव्र्यवहार र लुटपाट भएको थियो ।

पत्रकारहरु अमरकान्त ठाकुर, शत्रुधन यादव लगायतलाई उपमहानगर प्रमुख साहको निर्देशनमा हातपात भएको थियो । त्यस लगत्तै सुमित मिश्र, सुभाष कर्ण, राजा झा लगायतका पत्रकारमाथि समेत कुटपिट र दुव्र्यवहार तथा लुटपाट भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप