शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नवलपरासीमा चक्कु प्रहार गरिएका युवकको मृत्यु, हत्या अभियोगी पक्राउ

बिहीबार, ०९ माघ २०७६, १५ : ५८
बिहीबार, ०९ माघ २०७६

बुटवल । दुई दिनअघि नवलपरासीमा एक युवकद्धारा चक्कु प्रहार गरिएका अर्का युवकको ज्यान गएको छ । मंगलवार राती साढे ११ बजेको समयमा नवलपरासीको सुनवल नगरपालिका ३ कीर्तिपुरका २० वर्षीय महादेव पुनले कास्कीको पोखरा महानगरपालिका वडा नम्वर १ बगर बस्ने अन्दाजी २३ वर्षीय संजोक गुरुङ्ग र सोही स्थान घर भएका अन्दाजी २४ वर्षीय जगदिश गुरुङ्गलाई चक्कु प्रहार गरेका थिए । 

तीमध्ये जगदिश गुरुङ्गको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बुधवार मृत्यु भएको हो  । घाइते भएका अर्का संयोग गुरुङ्ग भने डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाका अनुसार त्यसदिन राती सुनवल–३, कीर्तिपुरको भित्री सडकमा ग १२ प ३६४० नम्बरको मोटरसाईकलमा गुरुङ्गद्धय सवार थिए ।

संयोग गुरुङ्ग मोटरसाइकलको पछाडी बसेका थिए भने जगदिश गुरुङ्गले मोटरसाइकल चलाएका थिए । कीर्तिपुरको भित्री सडकमा मोटरसाईकल चलाउँदै पुगेका उनीहरु दुबै जनालाई चक्कु प्रहार गरि फरार भएका थिए ।  त्यसको सूचना पाउनासाथ ईलाका प्रहरी कार्यालय सुनवलले पुनलाई उनकै घरबाट पक्राउ गरेको थियो ।  निजविरुद्ध अदालतमा कर्तब्य ज्यान मुद्धा दर्ता गरिएको डिएसपी थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप