शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रेनो ट्राइबर–नयाँ सुपर स्पेस र अल्ट्रा मोड्युलर गेम चेन्जर नेपालमा

रेनो ट्राइबर आकर्षक डिजाइन भएको रुमी र मोड्युलर सुविधासम्पन्न सवारी साधन
बिहीबार, ०९ माघ २०७६, १५ : ५४
बिहीबार, ०९ माघ २०७६

काठमाडौं– नेपालको नम्बर एक यूरोपियन ब्राण्ड रेनोले २८ लाख २० हजारको आकर्षक मूल्यमा नयाँ उत्पादन गेम चेन्जर–रेनो ट्राइबर आज नेपालमा सार्वजनिक गरेको छ । 

रेनो ट्राइबरले बि–सेगमेन्टका गाडीहरु खरिद गर्न चाहने ग्राहकहरुलाई उच्च मुल्याङकन प्रस्ताव गर्दछ । रेनो ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडी जो जसमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेसमा विभिन्न आधुनिक र व्यवहारिक विशेषताहरु छन ।

रेनो इन्डिया अपरेशनका कन्ट्री प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक वेंकटराम ममिलापल्ले नयाँ गेम चेन्जर–रेनो ट्राइबर आज नेपालमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । उनले यो विशाल, अल्ट्रा मोड्युलर गाडीले यो सेगमेन्टमा थुप्रै ग्राहकहरुलाई आकर्षित गर्नेमा आफू ढुक्क रहेको बताए ।

उनले भने, ‘यसको आकर्षक मूल्य निर्धारणका साथ गाडी खरिद गर्ने निर्णय गर्दा उच्च मुल्याङकन खोज्ने ग्राहकहरुका लागि रेनो ट्राइबर गाडी निकै उपयुक्त छ । रेनो ट्राइबरले भारतमा एक सफल अवधारणको रुपमा आफूलाई स्थापना गरिसकेको छ र ग्राहकहरुबीच पनि ठूलो स्वीकार्यता देखिएको छ । हामी ट्राइबर परिवारललाई बढाउँदै हाम्रा अमूल्य ग्राहकहरुलाई यो परिवारमा स्वागत गर्न चाहन्छौं ।’ 

रेनो ट्राइबर आकर्षक रुपले डिजाइन गरिएको छ । यो कडा, कम्प्याक्ट, फराकिलो, भर्सटाइल तथा मोड्युलर गाडी हो । रेनो ट्राइबर नेपाली ग्राहकहरुको अपेक्षाहरुको पूर्ण विशलेषण हो । रेनो ट्राइबर वास्तविक गेम चेन्जर हो, यसको आधुनिक, फराकिलो तर कम्प्याक्ट, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने आकर्षक इन्टेरियर र विभिन्न आधुनिक तथा व्यवहारिक विशेषता भएको गाडी हो । रेनो ट्राइबरमा यो श्रेणीको ५ सिटर कन्फ्रिगेशनमा सबैभन्दा ठुलो बुट क्षमता छ ।  

एडभान्स अटोमोबाइलका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने, ‘नेपालमा रेनो ब्राण्डलाई विस्तार गर्दै हरेक बर्ष बिक्री मात्रा बढाउँदै लैजान हामीसँग प्रष्ट उद्देश्य र रणनीति छ । रेनो ट्राइबरले हाम्रो विस्तार योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र स्पेश र मोडुलारिटीमा नयाँ बेन्चमार्क बनाउनेछ । रेनो ट्राइबरले कन्टेम्पोररी डिजाइन, आधुनिक विशेषता, धेरै स्पेश, रुमीनेश र भर्सटाइलिटी प्रदान गर्दछ । नेपालमा रेनो ट्राइबर भित्र्याउन पाउँदा हामी निकै खुशी छौं ।’

रेनो ट्राइबरका अन्य विशेषताहरु 

–रेनो ट्राइबर ४ ट्रिममा उपलब्ध छ – आरएक्सइ, आरएक्सएल, आरएक्सजेड जसमा २० भन्दा बढि विशेषताहरु रहेका छन् ।

–रेनो ट्राइबरको संस्करण र मुल्यमा ग्राहकहरुलाई हरेक संस्करण स्तरमा उत्तम मूल्य लाभ सुनिश्चित गर्दछ ।

–रेनो ट्राइबर स्टाइलिस, फराकिलो, आधुनिक र व्यवहारिक सुविधासम्पन्न, अल्ट्रा मोड्युलरले सुसज्जित छ र कुल १०० भन्दा बढि विभिन्न सिट कन्फ्रिगेसनहरु छ ।

–३० भन्दा बढि उत्कृष्ठ विशेषताहर जस्तै इजीफिक्स सिट, एसयूभी स्कीड प्लेट्स, एलईडी इन्स्टुमेनट क्लस्टर, दोस्रो र तेस्रो रोमा टुइन एसी भेन्ट, १८२ एमएम को उच्च ग्राउण्ड क्लियरेन्स र ८ इन्चको टच स्क्रीन मिडिया नेभिगेसन इभोलुसन प्रणालीहरु रहेको छ ।

–नयाँ इन्धन इन्जिनः रेनो ट्राइबरमा १ लिटरको पेट्रोल इन्जिन राखिएको छ जसले प्रदर्शन र इन्धनमा एकरुपता कायम गरेर कुल मेन्टेनेन्स खर्च कम गर्दछ ।

–रेनो ट्राइबरमा ४ एयरब्याग समावेश गरेर विभिन्न सन्तोषजनक विशेषताहरु छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप