संगठनमा नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट छैन: सशस्त्र आइजीपी खनाल
काठमाडौं । सशस्त्र प्रहरी बलका प्रमुख (आइजीपी) शैलेन्द्र खनालले संगठनमा नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताएका छन् । १९ औं सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा खनालले सो कुरा बताएका हुन् ।
संगठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कार दिने बताउँदै खनालले भ्रष्ट आचरणका कर्मचारीलाई कडाभन्दा कडा कारवाही गर्ने गरिने नीति अनुरुप सबैलाई जिम्मेवार र जवाफदेही बन्न निर्देशन समेत दिए । खनालले संगठनको मूल्य, मान्यता र आचरण विरुद्धको काम गर्ने १२ सय ९७ जना कर्मचारीलाई कारावही गरिएको समेत जानकारी दिए ।
आफ्नो कार्यकालमा संगठनभित्र राम्रो काम गर्ने ५ सय २१ जना कर्मचारीहरुलाई पुरस्कृत पनि गरिएको उनले बताए । खनालले राम्रा कामहरु गर्दा आइपर्ने कठिनाइहरुको जवाफदेहिता लिन संगठन प्रमुखको हैसियतले आफु सँधै तयार रहेको उनले बताए ।
१९ औं सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा संगठनभित्र उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचन : उम्मेदवारको बाचा, मतदातालाई छैन आशा
-
पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ
-
अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन म : रवि लामिछाने
-
वेस्ट इन्डिजको टोली नेपालमा, यस्तो छ भाइरल तस्बिरको वास्तविकता
-
२० तस्बिरमा हेर्नुहोस् गहना खोज्ने जात्रा
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते