शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

थ्रीस्टार तेस्रो स्थानमा उक्लियो

बिहीबार, ०९ माघ २०७६, १४ : ३२
बिहीबार, ०९ माघ २०७६

काठमाडौं ।  उपाधि दावेदार थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा बिहिबार भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई ३–१ गेलले हराउँदै तेस्रो स्थानमा उक्लिएको हो ।

थ्रीस्टारको जितमा सुशील राईले छैटौं मिनेटमा खाता खोले । सन्जोग राईले पहिलो हापको इन्जुरी समयमा दोस्रो गोल गरेका थिए । तेस्रो गोल ५० औं मिनेटमा विदेशी खेलाडी वासिउ ओलानडिरान हजमतले गरेका थिए । हिमालयन शेर्पाका लागि स्टेफेन समिरले पहिलो हाफको इन्जुरी समयमै एक गोल फर्काएका थिए ।

थ्रीस्टारका सन्जोग राई म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै थ्रीस्टारले आठ खेलबाट १४ अंक बनाएको छ । सात अंक बनाएको हिमालयन शेर्पा ११ औं स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्मीको सात खेलबाट १६ अंक छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्रको पनि आठ खेलबाट १६ अंक पुगेको छ । सात खेलबाट १३ अंक बनाएको मनाङ चौथो स्थानमा छ । 

मा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप