शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

बिहीबार, ०९ माघ २०७६, १४ : ०६
बिहीबार, ०९ माघ २०७६

काठमाडौं । सिरहा, भक्तपुर, सुर्खेत, मकवानपुर र मोरङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । 

सिरहाको गोलबजार नगरपालिका-४ गुरुधाम चोकस्थित सडकमा बुधबार साँझ ना.१ ज ८०८८ नम्बरको म्याजिक गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी भक्तपुरको भक्तपुर नगरपालिका-२ महांकालस्थित सडकमा बा ६७ प ४८७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बेलुका दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुली गलन्जर गाउँपालिका-३ घर भई भक्तपुर दुवाकोट बस्ने २० वर्षीय गणेश वयलकोटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गणेशको केएम्सी अस्पताल दुवाकोट लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

सुर्खेतको बिरेन्द्र नगरपालिका-१२ नारायण पेट्रोल पम्पस्थित सडकमा भे.४३ प ८४४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-११ बस्ने २३ वर्षीय उदय परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । 

मकवानपुरको बकैया गाउँपालिका-२ तिनढुङ्गेस्थित सडकमा हाल नम्बर नखुलेको ट्रयाक्टर अनियन्त्रित भई बुधबार बेलुका दुर्घटना हुँदा ट्रयाक्टर चालक बारा निजगढ नगरपालिका-५ ३४ वर्षीय पर्शुराम सिटौलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सिटौलाको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

मोरङको धनपाल गाउँपालिका-६ पिण्डेश्वरी स्कुलस्थित सडकमा मे.१ ख ४०९० नम्बरको बस अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा बसमा सवार बिराटनगर महानगरपालिका-१५ बस्ने ३२ वर्षीय सानु शाहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सानुको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ । 

सबै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप