शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘विदेशी पर्यटकलाई १० पटकसम्म नेपाल घुम्न आउने वातावरण बनाउँछौँ’

बिहीबार, ०९ माघ २०७६, १२ : २६
बिहीबार, ०९ माघ २०७६

नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर्स एजेन्ट (नाट्टा) को माघ ३ गते भएको निर्वाचनबाट मलाई अध्यक्ष पदमा निर्वाचित गरिदिनुभएकोमा यस संस्थाका सबै सदस्यहरुलाई सर्वप्रथम धन्यवाद दिन्छु । अघिल्लो कार्यकालमा महासचिव र उपाध्यक्षको समेतको जिम्मेवारीमा रहँदा मैले सम्पूर्ण सदस्य र पर्यटन क्षेत्रप्रति गरेको योगदानको मूल्याङ्कन गर्दै मत दिनुभएको छ भन्ने मलाई लागेको छ । 

यो निर्वाचनको परिणामलाई मैले अरू निर्वाचनहरु भन्दा विशिष्ट रूपमा लिएको छु । निर्वाचनमा कुनै पनि एउटा प्यानलले विजय प्राप्त नगरी तीनवटैै प्यानलबाट प्रतिनिधित्व हुनेगरी सदस्यहरु निर्वाचित भएर आएका छौँ । यो परिणामले एकातर्फ हामीलाई त्रिपक्षीय रूपमा मिलेर काम गर्ने सन्देश दिएको छ भने अर्कोतर्फ क्षमतावान् र नाट्टामा योगदान गर्नसक्ने उम्मेदवारहरु चुनिएर आएको पनि देखिन्छ । 
अहिले निर्वाचित हुनुभएका पदाधिकारीहरुमध्ये केही पुराना साथीहरु हुनुहुन्छ भने नयाँ साथीहरु पनि आउनुभएको छ । पुराना साथीहरुको अनुभव र नयाँ साथीहरुको जोशलाई लिएर अघि बढ्ने सन्देश समेत यो परिणामले दिएको छ भन्ने लाग्छ । हामी चुनावमा फरक फरक प्यानलमा विभाजित भएर आयौँ तर प्यानलको त्यो घेरा बालुवामा बनेको थियो, चुनावको हुरीले त्यसलाई मेटिदियो । अब हामी सबै एक भएका छौँ । निर्वाचित सबै साथीहरुलाई समेटेर अघि बढ्ने मेरो पहिलो दायित्व हुन्छ ।

ट्राभल र टुर एजेन्टजस्तो व्यावसायिक संस्थाको छाता सङ्गठनको हैसियतले यो क्षेत्रका संस्थाहरुको समस्या समाधान गर्न पहल गर्ने हाम्रो अर्को महत्त्वपूर्ण दायित्व हो । त्यस्तो पहल गर्दा हामीले नेपालको पर्यटन प्रवद्र्धन र विकासका साथै व्यावसायिकताको विकासलाई सँगसँगै लिएर अघि बढ्नुपर्ने हुन्छ । त्यसमा नाट्टाले सरकार र व्यवसायीहरुबीचको पुलको काम गर्नेछ । 

पर्यटन बोर्ड र एनएसीमा सक्षम नेतृत्व
नेपालको पर्यटन क्षेत्रमा धेरै किसिमका सेवा दिने संस्थाहरु छन् । ती संस्थाहरुलाई नियमन गर्ने संस्थाहरु पनि नभएका होइनन् । पर्यटन क्षेत्रमा पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड लगायतका नियामक निकायहरु स्थायी रूपमा रहँदै आएका छन् । पर्यटन वर्षका लागि छुट्टै संस्था स्थापना समेत गरिएको छ । हवाइ क्षेत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरण छ । नियामक निकाय नभए पनि नेपाल वायुसेवा निगम पनि पर्यटन क्षेत्रको एउटा सम्पदा हो । यी संस्थाहरुको क्षमता विस्तार गरी सबै व्यावसायिक संस्थाहरुको प्रभावकारी नियमन र पर्यटन क्षेत्रमा प्रवद्र्धन गर्नुपर्ने आवश्यकता छ । 
खासगरी नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डको नेतृत्व आउने सन्दर्भमा सधैँभरी राजनीति हाबी हुने गरेको छ । यसले गर्दा निगम र बोर्डका कहिल्यै सक्षम व्यक्ति आउन नसकिरहेको अवस्था रहेको महसुस हामीले गरेका छौँ । संयोग नै भनौँ हामी निर्वाचित हुँदै गर्दा यी दुवै संस्थाको नेतृत्व खाली भएको अवस्था छ । अब यी दुई संस्थामा राजनीतिक पहुँचका आधारमा भन्दा क्षमताका आधारमा नेतृत्व छान्नुपर्छ भन्नेमा हामी छौँ । 

हामी चुनावमा फरक फरक प्यानलमा विभाजित भएर आयौँ तर प्यानलको त्यो घेरा बालुवामा बनेको थियो, चुनावको हुरीले त्यसलाई मेटिदियो । अब हामी सबै एक भएका छौँ । निर्वाचित सबै साथीहरुलाई समेटेर अघि बढ्ने मेरो पहिलो दायित्व हुन्छ ।

हाम्रो माग भनेको कम्तीमा पनि सम्बन्धित क्षेत्रमा राम्रो ज्ञान र अनुभव भएका व्यक्ति आऊन् र उनीहरु राजनीतिक वा आर्थिक प्रभावमा नपरी काम गरून् भन्ने हो । त्यसका लागि नेपाल एयरलाइन्सलाई त विदेशी प्रोफेसनलको हातमा कम्तीमा १, २ कार्यकालका लागि भए पनि दिनुपर्छ भन्नेमा हामी छौँ । भ्रमण वर्ष चलिरहँदा अहिले पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा जुन ढिलाइ भइरहेको छ, त्यसलाई चाँडो गर्नुपर्छ भन्ने पनि हाम्रो माग हो । त्यसका लागि हामीले सरकार र पर्यटन मन्त्रालयसँग छलफल अघि बढाएका छौँ ।

सभा र सेमिनार र महोत्सव
नाट्टाले आफैले स्थापना गरेको बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट हामीले चाँडै अघि बढाउनुपर्नेछ । अघिल्लो वर्ष जनवरीमा हामीले त्यस्तो कार्यक्रम आयोजना गरेका थियौँ । यो यस्तो अवधारणा हो जसले बुद्धको जन्मस्थलका बारेमा प्रचार प्रसार गर्ने काम गर्छ । विश्वभरका बौद्धमार्गी र शान्तिमार्गीहरुलाई यसले नेपाल भ्रमण गर्न प्रेरित गर्छ । 

हामीले सार्क क्षेत्रका ट्राभल एजेन्सी र टुर अपरेटर एसोसिएसनहरुसँग सहकार्य गर्दै उनीहरुलाई नेपालमा निम्तो गरेर सार्क टुर अपरेटर ट्राभल एजेन्ट कन्क्लेभ गर्ने र आईएमटीए, डब्लूटीए लगायतका चीनका टुर अपरेटरहरुसँग छुट्टै रूपमा सहकार्य गरेर नेपालमा इमेन्ट गर्न अभिप्रेरित गर्ने सोच बनाएका छौँ । यसले गर्दा नेपालमा रहेका होटल, रेस्टुरेन्ट, टुर अपरेटर लगायत सबैले लाभ पाउनुका साथै राज्यले पनि छुट्टै लाभ प्राप्त गर्ने भएकाले हामीले ‘माइस टुरिजम’को माध्यमबाट विभिन्न किसिमका इभेन्ट गर्न आमन्त्रण गर्ने छौँ ।

अर्को अवधारणा भनेको विभिन्न देशबाट नेपालमा अवतरण गर्ने एयरलाइन्सहरुको प्रमुख कार्यकारी अधिकृतहरुको अन्तर्राष्ट्रिय सेमिनार नेपालमा गराउने र उनीहरुलाई नेपालका टुरिजम हवहरुको अवलोकन गराउने योजना छ । यसले गर्दा उनीहरु नेपालमा टुरिजमको सम्भावनाको संवाहक बन्न सक्छन् । यसले हाम्रो व्यापार पनि बढ्छ, देशको पर्यटन पनि फस्टाउँछ । 

हामीले अन्तर्राष्ट्रिय सेमिनारहरु गर्ने भन्दैगर्दा हामीसँग अन्तर्राष्ट्रिय हलहरु छैन । भएको एउटा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि अहिले सङ्घीय संसदले लिएको छ । पाँचतारे होटलको हलले पनि हामीलाई पुग्दैन । अहिले लुम्बिनीमा बन्दै गरेका जस्तै हलहरु काठमाडौँमा २, ३ वटा र पोखरामा १, २ वटा, चितवनमा एउटा र अन्य सहरहरुमा समेत १, १ वटा हल आवश्यक देखिएको छ । त्यसका लागि नेपाल सरकार, पर्यटन मन्त्रालयसँग त्यसमा पहल गर्ने सोचेका छौं । 

पूर्वाधार निर्माणमा पहल
काठमाडौँमा हामीले पर्यटक बसपार्क बनाउनुपर्छ भन्ने हाम्रो पुरानो माग थियो । काठमाडौँबाट विभिन्न गन्तव्यका लागि जाने पर्यटकहरुले कान्तिपथको सडकबाट गाडी चढ्नुपर्ने अवस्थाबाट हामी मुक्त हुने अवस्थामा छौँ । त्यसका लागि जग्गाको व्यवस्थापन हुन लागेको छ । काठमाडौँ महानगरपालिकाबाट जग्गाको लागि स्वीकृति प्राप्त हुनेबित्तिकै हाम्रो कार्यकालभित्र नै हामी सक्नेगरी हामी अघि बढ्छौँ । त्यसमा सहकार्य, बहस र दवाब सिर्जना गर्ने हाम्रो योजना छ । 

हाम्रो उद्देश्य भनेको नेपालमा धेरैभन्दा धेरै र गुणस्तरीय पर्यटक ल्याउने नै हो । नेपाल भ्रमण वर्ष होस् वा अन्य कुनै प्लेटफर्म बनाएर होस्, हामीले नेपालजस्तो देशमा विदेशीलाई ल्याएरै समृद्धि हासिल गर्ने हो र त्यसका लागि ट्राभल क्षेत्रको छाता सङ्गठनका रूपमा रहेर गर्ने काम गर्न हामी तयार छौँ । 

एनआरएनसँग सहकार्य सम्बन्धमा
नेपाल भ्रमण वर्षमा सरकारले गैरआवासीय नेपालीहरुलाई विदेशी पर्यटकलाई नेपाल पठाउने दूतका रूपमा प्रयोग गर्न खोजेको छ । नेपालमा विदेशी पर्यटक पठाउने प्रयास आफैमा सराहनीय छ । तर उहाँहरुको आफै पर्यटन प्रवद्र्धन गर्ने संस्था होइन । विदेशमा उहाँहरुको आफ्नै काम र व्यवसाय हुने भएकाले उहाँहरुले त्यसमा कति सहयोग गर्न सक्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । 

पर्यटन प्रवद्र्धनका लागि युरोप, चीन, भारत, थाइल्यान्ड, भियतनाम, कम्बोडिया लगायतका देशमा विभिन्न समयमा जाँदैगर्दाको मेरो अनुभवले ती देशहरुमा एनआरएन र नेपाली दूतावासहरु बीचको समन्वयमा केही कमजोरी देखिएकाले दूतावासले गरेका प्रवद्र्धनात्मक कार्यहरु त्यति प्रभावकारी भएको छैन वा एकदमै कम प्रभावकारी भन्ने लाग्छ । यसलाई प्रभावकारी बनाउन पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र हामी पर्यटनसम्बन्धी छाता सङ्गठन र विदेशस्थित नेपाली दूतावासहरुबीच सञ्चार र सहकार्य गर्नुपर्ने आवश्यकता छ ।

अरू संस्थासँगको सहकार्य
पर्यटन आफैमा बहुआयामिक क्षेत्र भएकाले पर्यटनको प्रकृतिअनुसार विभिन्न संस्थाहरु छन् र ती संस्थाका सङ्घहरु पनि छन् । ट्राभल र टुरमा हामी छौँ, ट्रेकिङका लागि ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) छ, हवाई सञ्चालकहरुको एयरलायन्स अपरेटर्स एसोसिएसन (एओएएन) होटल र रेस्टुरेन्टमा होटल एसोसिइसन अफ नेपाल (हान) र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल छन् । त्यस्तै, पर्वतारोहणमा नेपाल पर्वतारोहण सङ्घ (एनएमए), ¥याफ्टिङका लागि नेपाल ¥याफ्टिङ एसोसिएसन (नारा) लगायतका संस्थाहरु छन् ।

कामको प्रकृति फरक भए पनि कुनै पनि पर्यटकले फरक फरक संस्थाका सदस्यहरुसँग डिल गर्नुपर्ने आवश्यकता छ । यी सबै संस्थाहरुसँग निकटतम सहकार्य गरेर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो । पर्यटनका सबै पक्षहरुसँग हाम्रो संस्था भने अरू जोडिने भएकाले यसमा हामीले सहकार्यका लागि पहलकदमी लिनुपर्छ र त्यसका लागि हामी तयार पनि छौँ । 

नयाँ पर्यटकीय स्थान प्रवद्र्धन
म नाट्टाको महासचिव हुँदाखेरि नै हामीले पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रमा नाट्टाको क्षेत्रीय संरचना बनाएका थियौँ । लुम्बिनीमा रहेको नाट्टालाई पनि हामीले हामै्र क्षेत्रीय संरचनामा रूपान्तरण पनि गर्यौं । अहिलेको अवस्थामा हामीसँग प्रादेशिक संरचना नभएको भनेको २ नम्बर प्रदेश र कर्णाली प्रदेशमा मात्रै हो । त्यो प्रक्रिया हामी पूरा गर्दैछौं । 

ती संरचनामार्फत् हामीले नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेर त्यसको दूरी, महत्त्व चर्चाका आधारमा स्थान पहिचान गर्ने सोच बनाएका छौँ । त्यस्तो स्थान पहिचान भएपछि हामीले प्रत्येक स्थानको प्रोफाइल बनाएर त्यसलाई केन्द्रीय नाट्टाको बेभसाइटमा रहने व्यवस्था गर्न लागेका छौं । त्यो बनाउने हाम्रो चुनौती पनि हो र अवसर पनि हो । 

सरकारले पनि १०० गन्तव्यको पहिचान गरेको छ । ती स्थानहरु समेतको प्रोफाइल हामी टुर अपरेटरहरुलाई अनुरोध गरेका छौँ । केही गन्तव्यहरुको त्यस्तो प्रोफाइल बने पनि त्यो औपचारिकतामा मात्रै सीमित भएका जस्ता देखिएका छन् । त्यसकारण त्यसलाई सुधार गरेर हामीले नेपाल आउने पर्यटकको बसाइ १४ दिन बनाउँदा त्यो ठाउँमा पर्यटक जान सक्ने÷नसक्ने कुरा हेर्नुपर्छ । त्यसका लागि लामो समयदेखि यो क्षेत्रमा खटिएर विज्ञता प्राप्त गरेका सदस्यहरुबाट प्राप्त सुधारका आधारमा कम्तीमा ८, १० वटा आइटिनरी बनाउने योजना बनाएका छौँ । त्यसोभयो भने १५ दिनसम्म एउटा विदेशी पर्यटक ८, १० पटक नेपाल आउनसक्ने वातावरण बन्छ । 

हामीले टुरको आइटिनरी बनाउँछौँ । ट्रेकिङको आइटिनरी टानले बनाउला, नाराले ¥याफ्टिङको बनाउला । हाम्रो आइटिनरीमा सर्ट ट्रेक, सफ्ट ट्रेक र टुर लगायत पर्छन् । यी आइटिनरीहरुलाई पर्यटन मन्त्रालय, पर्यटन बोर्ड लगायतका निकायसँगको समन्वयमा मर्ज गरेर अझै लामो अवधिको गन्तव्य बनाउन पनि सकिन्छ । हामी त्यस्तो गन्तव्य बनाउन पहल गर्छौं ताकि कुनै पर्यटक यसपालि सुदूरपश्चिम गयो भने अर्को पटक पूर्वतिर जाओस् । त्यो पर्यटकले टुर, ट्रेकिङ, ¥याफ्टिङ लगायत सबैको मजा लिन सकोस् । अब हिजोका दिनजस्तो चितवन, लुम्बिनी, पोखरा बन्दीपुरमा मात्रै सीमित भएर अब चल्दैन । 

भाषागत टुरगाइडको अभाव
नेपालमा अहिले केही भाषामा दक्षता भएका टुरगाइड (पथप्रदर्शक) को अभाव छ । अङ्ग्रेजी बोल्नेहरुका लागि गाइडको कमी छैन । चिनियाँ भाषा बोल्नेहरु पनि प्रशस्त नै छन् । तर अन्य देश जस्तै रसियनल कोरियन, जापानिज भाषाहरुका गाइडको अभाव छ । 

त्यसलाई समाधान गर्दै जाने उद्देश्य अनुरूप हामीले रसियन कल्चर सेन्टरसँग मिलेर(टुरिस्ट गाइड एसोसिएसन अफ नेपालका सदस्यहरुलाई रसियन भाषाको ट्रेनिङ दिँदैछौँ । 

नाट्टाका अध्यक्ष अहिले नाथम (नेपाल एकेडेमी अफ ट्राभल एन्ड होटल म्यानेजमेन्ट) को सदस्य हुने व्यवस्थाअनुसार म त्यहाँको बोर्ड सदस्य हुँ । सदस्यको हैसियतमा नाथमसँग मिलेर गर्ने टुरगाइडको ट्रेनिङलाई व्यापक बनाउने र वर्षको १ पटकबाट २ पटकमा पु¥याउने काम हामी गर्छौं । यसले गर्दा प्रोफेसनल टुरगाइडको विकास गर्ने दिशामा समेत हामीले काम गर्नेछौँ । 

त्यस्तै, पर्यटन विभागसँग मिलेर पुराना गाइडहरुको लाइसेन्स नवीकरण गर्ने नत्र खारेजी गर्ने व्यवस्था गर्ने सोच बनाएका छौँ । नवीकरण गर्नेहरुले अनिवार्य रूपमा रिफ्रेसमेन्ट ट्रेनिङ लिनुपर्ने व्यवस्था गर्ने सोच बनाएको छु । अघिल्लो कार्यकालमा त्यो गर्न भ्याइएन तर अब त्यसको आश्यकता भइसकेको छ किनकि नेपाली टुरगाइडको क्षमता प्रत्यक्ष रूपमा नेपाली पर्यटन क्षेत्रप्रति विदेशीको धारणासँग जोडिन्छ ।
उल्लेखित समस्याहरुबाहेक पनि टिकेटिङसम्बन्धी समस्या, टुरसम्बन्धी समस्या लगायतका विषयहरु पनि छन् । यसको निराकरणका लागि भने निरन्तर समन्वयको आवश्यकता पर्छ । त्यसका लागि मेरो कार्यकालभरि म अहोरात्र रूपमा खट्नेछु । 

अघिल्ला कार्यकालमा पनि विभिन्न हैसियतमा रहेर काम गरेको हुनाले पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन विभाग र नेपाल भ्रमण वर्ष सचिवालय लगायतसँग म चिरपरिचित पनि छु र यी सबै एजेन्डाहरुलाई निष्कर्षमा पु¥याउन म र मेरो नेतृत्वको नाट्टा सफल हुन्छ भन्ने विश्वास छ ।

(नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर्स एजेन्ट्स (नाट्टा) का नवनिर्वाचित अध्यक्ष गुरागाईंसँगको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अच्युत गुरागाईं
अच्युत गुरागाईं
लेखकबाट थप