बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको डढेलो निभाउने क्रममा जहाज दुर्घटना, तीनको मृत्यु

बिहीबार, ०९ माघ २०७६, १२ : ०२
बिहीबार, ०९ माघ २०७६

अष्ट्रेलियामा डढेला नियन्त्रणमा संलग्न एक विमान दुर्घटनामा परेको छ । दुर्घटनामा तीन जनाको मृत्यु भयो । 

उक्त विशाल हवाई ट्यान्कर बिहिबार स्थानीय समय अनुसार १३ः३० देखि हराइरहेको थियो । 
खोजको केही पछिनै विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । 

नर्थ साउथ वेल्सका प्रमुख ग्लाडीस बेरेजिक्लियनले जहाज हिउयुक्त पहाडमा ठोक्किएको जानकारी दिए । 

नर्थ साउथ वेल्सको ग्रामिण अग्नि नियन्त्रण सेवाले उक्त पानी बोकेको जहाज डढेलो प्रभावित क्षेत्रमा पठाइएको बताए । 

कमिस्नर शेन फिट्जसिमान्सका अनुसार जहाज के कारणले जहाज पहाडमा ठोक्किन पुगेको स्पष्ट नभइसकेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप