शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छोराले खुकुरी प्रहार गर्दा आमा घाइते

बिहीबार, ०९ माघ २०७६, ११ : ०६
बिहीबार, ०९ माघ २०७६

सुनसरी । सुनसरी जिल्लाको ईटहरी–२ हवाइ चोकमा एक युवकले आफ्नै आमालाई खुकुरी प्रहार गरी घाइते तुल्याएका छन् ।

१८ वर्षीय पारस कार्कीले बुधबार राति साढे १० बजे घरमै आमालाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट उनी आमा ३६ वर्षीया कविता कार्की घाइते भएकी छन् । सामान्य घरायसी विवादमा पारसले आमालाई खुकुरी प्रहार गरेको बताइएको छ ।

खुकुरी प्रहारबाट कविताको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने पारसलाई खुकुरीसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप