बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हिउँमा पाँच मिटरसम्म खन्दा पनि भेटिएनन् हराइरहेका पर्यटक र गाइड

बिहीबार, ०९ माघ २०७६, १० : ५३
बिहीबार, ०९ माघ २०७६

अन्नपूर्ण आधारशिविरको पदमार्गमा हराइरहेका ४ जना कोरियन पदयात्री र ३ जना नेपाली गाइडहरुको खोजीमा नेपाली सेनाले सक्रियता देखाएको छ ।

माघ ७ गतेदेखि नेपाली सेनाको सेकेण्ड रेञ्जर गणका गणपतिसहितको टोली पर्यटक र गाइडको खोजीमा अन्नपूर्ण आधार शिविरमा सक्रिय रहेका छन् ।

स्थानीय तथा अन्य पर्यटकको सूचनाको आधारमा आधार शिविरको हिउँ पहिरोमा सेनाले ५ मिटर तलसम्म खनेर उनीहरुको खोजी गरिरहेको छ ।

माघ ७ र ८ गते नेपाली सेनाको टोलीले हिउँमा खनेर उनीहरुको उद्धारका लागि पहल गरेको हो । यद्यपि यतिबेलासम्म कुनै उपलब्धि प्राप्त गर्न नसकिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

माघ ७ र ८ गते साँझ ५ बजेसम्म खोजी गरिएपनि हराइरहेका पदयात्री प्राप्त गर्न नसकिएको सेनाले जनाएको छ ।

माघ ९ गते पनि बिहानैदेखि हिउँ खन्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको साथमा नेपाली गाइडका आफन्त पनि अन्नपूर्ण आधार शिविर क्षेत्रमा खोजीमा सक्रिय रहेका छन् ।

तस्वीर सौजन्य : नेपाली सेना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप