कतारले निःशुल्क मेडिकल सुविधा दियो तर म्यानपावरले १३ करोड असुले
बिहीबार, ०९ माघ २०७६, ०७ : १६
रोजगारीका लागि कतार जान गरिने स्वास्थ्य परीक्षण निशुल्क भएपनि म्यानपावर कम्पनीले युवाबाट प्रि–मेडिकलको नाममा १३ करोड भन्दा बढी असुलेको पाइएको छ ।
रोजगारीका लागि नेपाली युवा कतार पठाउँदै आएका म्यानपावर कम्पनीले कतार भिसा सेन्टर काठमाडौंमा निशुल्क गर्न सकिने स्वास्थ्य परीक्षणवापत श्रमिकलाई दोहोरो मेडिकल गर्न लगाएर १३ करोडभन्दा बढी अतिरिक्त शुल्क भराउन बाध्य पारेका हुन् ।
२०१९ को जुन १८ बाट कतारको गृह मन्त्रालयले बायोमेट सर्भिसेस प्रालिलाई नेपालमा निश्चित आवासीय प्रक्रियाहरुमा काम गर्ने गरी श्रमिकको हकमा निशुल्क मेडिकल र बायोमेट्रिकको सेवा सञ्चालन गर्ने अधिकार दिएको भए पनि म्यानपावरले श्रमिकसँग जनही ४ हजार ५ सय लिएर दोहोरो स्वास्थ्य परीक्षण गराउने गरेका छन् । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा