प्रधानमन्त्रीको निर्देशनपछि काठमाडौंको सडक सुधार हुँदै
तपाईं उपत्यकावासी हुनुहुन्छ भने केही समययता यहाँको सडकको अवस्थामा सुधारको अनुभव आवश्यक नै गर्नुभएको होला ।
सडकमा कालोपत्रे, रङरोगनसहित ट्राफिक चिह्नको निर्माण लगायतका सुधारका कार्यमा सरकारी तीव्रता र भएका सुधारले यस्तो अनुभव गर्नसक्ने अवस्था आएको हो ।
प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले उपत्यकाको सडकको अवस्थामा सुधारका लागि सरकार प्रयत्नरत रहेको र काममा तीव्रता दिएकाले सुधार हुँदै गएको बताए ।
अहिले सडकका खाल्डाखुल्डी पुर्ने, मुख्य सडकको कालोपत्रे गर्ने, रङरोगन तथा ट्राफिक चिह्न र लाइटको निर्माणले उपत्यकाको सडकको अवस्थामा देखिने गरी सुधार आएको उनले स्पष्ट पारे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौँ उपत्यकाका सडकको खाल्डाखुल्डी पुर्न र ट्राफिक व्यवस्थापन गर्र्न ‘टास्क फोर्स’ गठन गरी मङ्सिर १७ गतेबाट काम सुरु गरेदेखियता सडकको अवस्थामा सुधार आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखा भूकम्प : सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
-
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई पारित
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही
-
भूकम्पीय क्षति : ताइवानबाट नेपालले कस्तो पाठ सिक्ने
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री