मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रसियामा राष्ट्रिपति पुटिनले गठन गरे ९ उपप्रधानमन्त्रीसहितको नयाँ मन्त्रिमण्डल, कसले के जिम्मेवारी पाए ?

बुधबार, ०८ माघ २०७६, २३ : ११
बुधबार, ०८ माघ २०७६

एजेन्सी । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ मन्त्रिमण्डल गठन गरेका छन् । मिखाइल मिशुष्टिनलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेलगत्तै राष्ट्रपति पुटिनले नयाँ मन्त्रिमण्डल गठन गरेका हुन् । राष्ट्रपति पुटिनले नयाँ सरकारमा ९ जनालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्, जसमा ५ जना नयाँ अनुहारहरूलाई समेटिएको छ । 

रसियाको राष्ट्रपति कार्यालयका अनुसार पुटिनका सहकर्मी आन्द्रे बेलोसोभलाई नयाँ मन्त्रिमण्डलमा  पहिलो उपप्रधानमन्त्री दर्जा दिइएको छ । त्यस्तै एन्टोन सिल्वानोभलाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मा दिइएको छ भने दिमित्री ग्रिगोरेन्कोलाई उपप्रधानमन्त्रीसहित रसिया सरकारको चीफ अफ स्टाफको जिम्मेवारी दिइएको छ। त्यस्तै नयाँ मन्त्रिमण्डलमा परराष्ट्रमन्त्री सर्गेई लाभ्रोभ, रक्षामन्त्री सर्गेई शोइगु र गृहमन्त्री भ्लादिमीर कोलोकाल्टसेभ भएका छन् । मन्त्रीहरूको विभाग भने फेरबदल भएको छैन । 

पूर्वमेयर मारात खुस्नुलिन पनि उपप्रधानमन्त्री 

नयाँ मन्त्रिमण्लका ९ जना उपप्रधानमन्त्रीमा दिमित्री ग्रिगोरेन्को, मस्कोका पूर्व मेयर मारात खुस्नुलिन,  राज्य दर्ताका लागि संघीय सेवाका पूर्व प्रमुख भिक्टोरिया अब्रामशेन्को, गाज्प्रोम मिडिया बोर्डका पूर्व प्रमुख दिमित्री चेर्नेसेन्को र संघीय कर सेवाका पूर्वसहायक प्रमुख अलेक्सी ओभरचुक लगायत सामेल रहेका छन्।

अलेक्ज्याण्डर नोवाक ऊर्जामन्त्री

मन्त्रिमण्डलमा सर्गेई लाभ्रोभ परराष्ट्रमन्त्री नियुक्त भएका छन् । रक्षामन्त्री सर्गेई शोइगु, गृहमन्त्री भ्लादिमीर कोलोकोल्टसेभ, ऊर्जामन्त्री अलेक्ज्याण्डर नोवाक, व्यापार र उद्योग मन्त्री डेनिस मानातुरोभले पुरानै मन्त्रिमण्डलबाट निरन्तरता पाएका छन् । पर्म क्रिमका गभर्नर म्याक्सिम रेशेनीकोभले आफ्नो पदबाट राजीनामा दिएका छन् र उनलाई आर्थिक विकासमन्त्री बनाइएको छ ।

त्यस्तै एन्टोन सिलुवानोभलाई पुरानो मन्त्रिमण्डलको पहिलो उपप्रधानमन्त्रीको हैसियतबाट राजीना दिन लगाइएर वित्तमन्त्री नियुक्त गरिएको छ । राष्ट्रपति पुटिनले केही दिनअघि नयाँ प्रधानमन्त्री मिखाइल नियुक्त भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप