मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

बुधबार, ०८ माघ २०७६, २२ : ०९
बुधबार, ०८ माघ २०७६

कैलाली । धनगढी उपमहानगरपालिका– १३ स्थित श्रीलङ्का गाउँमा आज एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा मोटर चलाएर लुगा धुने क्रममा अचानक करेन्ट लागेर ४० वर्षीया हरिनादेवी विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

मृतक विष्टलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । मृतक विष्टको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप