शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डडेल्धुरामा भत्काइयो २३ छाउगोठ

बुधबार, ०८ माघ २०७६, १९ : ४७
बुधबार, ०८ माघ २०७६

दुई सातादेखि डडेल्धुरामा छाउ गोठ भत्काउने अभियान चलिरहेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउनेक्रम जारी रहेको छ । प्रहरीले छाउ गोठ भएनभएको अवस्थाका बारेमा समेत अनुगमन गरिरहेको छ ।
 
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने आलीतालमा २३ वटा छाउपडी गोठ भत्काएको छ ।  
    
त्यस्तै सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत मङ्गलबार आलीतालको गाउँपालिका–६ धिमडामा दुई दर्जन घरपरिवारले प्रयोग गरिरहेका ११ वटा छाउगोठ यस्तै आलीताल गाउँपालिका–७ बलौचा र चिनीगौँडा टोलमा रहेका १२ वटा छाउपडी गोठ भत्काइएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए ।
    
छाउ गोठ भत्काउनका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । छाउपडी गोठ भत्काउन एक छुट्टै प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।

छाउ मानसिकता

डडेल्धुरा सदरमुकाम खलङ्गा, अमरगढी, स्याउले र भत्कँडा बजार क्षेत्रमा पनि छाउपडी भएका बेला महिलाई सुत्ने अलग्गै स्थान रहेको पाइन्छन् । डडेल्धुरा सदरमुकाममा विभिन्न ग्रामीण स्थानबाट सदरमुकाममा बस्दै आएका छन् । 

छाउपडी भएकाबेला परिवारका सदस्यभन्दा अलग्गै सुत्ने पाँच दिनसम्म खाना पकाउँन नमिल्ने र पूजा कोठामा जान नमिल्ने लगायतका अवस्था रहेको अमरगढी नगरपालिका–५ मा बस्दै आएका एक महिलाले भने । उनले अरुभन्दा पनि परिवारका सदस्यबाट विभेद खेप्नुपरेको बताए । 

गाउँमा हुँदा छाउगोठमा बसियो तर बसाइँसराइ भएपछि डडेल्धुरा सदरमुकाममा आएको १० वर्ष बितिसक्दा छाउपडी भएका बेला समस्या त्यही छ । परिर्वतन हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप