शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कालिञ्चोक दर्शनको पाँचौ साधारण सभा सम्पन्न, ५ वर्षको लागि बालकृष्ण शिवाकोटी अध्यक्ष

बुधबार, ०८ माघ २०७६, १८ : ५८
बुधबार, ०८ माघ २०७६

काठमाडौं– कालिञ्चोक दर्शनको पाँचौ साधारण सभा सम्पन्न भएको छ । 

कम्पनीको पाँचौ बार्षिक साधारण सभाले आगामी ५ वर्षको लागि बालकृष्ण शिवाकोटीको अध्यक्षतामा निम्न बमोजिमको संचालक समितिको निर्वाचन गरेको छ ।

जसमा बालकृष्ण शिवाकोटी अध्यक्ष, मार्कण्डेय अधिकारी संचालक, ऋषिकेश गौली संचालक, रमेश राज शिवाकोटी संचालक, डिल्ली प्रसाद शिवाकोटी संचालक, गुरु प्रसाद अधिकारी संचालक र थानेश्वर बस्याल संचालकका रुपमा नियुक्त भएका छन् ।

साधारणसभाले संचालक समितिको निर्वाचनका अतिरिक्त संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदनलाई समेत पास गरेको छ ।

कालिञ्चोक दर्शन लिमिटेडले दोलखा जिल्लाको कालिञ्चोक कुरीबाट कालिञ्चोक भगवतिको मन्दिरसम्म सजिलै आवत जावत गर्नको लागि करिब ५२ करोडको लागतमा २०७५ कार्तिक महिनाबाट केवलकार संचालनमा ल्याएको छ । 

उक्त स्थानमा केवलकारको निर्माण र संचालन पछि  आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमनमा उल्लेख्य रुपले बृद्धि भएको छ । कम्पनीले सम्भाव्यता अध्ययनको आधारमा उपयुक्त देखिएका अन्य स्थानहरुमा पनि केवलकार संचालन गर्न सक्ने अध्ययन गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप