प्रसूतिगृहको रक्तसञ्चार विभाग प्रभावकारी बन्दै
थापाथलीस्थित प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालको रक्तसञ्चार विभागमा स्थापना गरिएको ‘ब्लड कम्पोनेन्ट’ प्रभावकारी बन्दै गएको छ । दुई वर्ष अघि स्थापना गरिएको सो ‘ब्लड कम्पोनेन्ट’ सेवाबाट प्याक रेड ब्लड सेल, फ्रेस फ्रोजन प्लाज्मा र पेलेटलेज रिच प्लाज्मा गरी १ हजार २ सय ७२ युनिट‘ब्लड कम्पोनेन्ट’ बनाएर बिरामीलाई दिइएको छ ।
जसमा प्याक रेड ब्लड सेल करिव ६ सय ४० युनिट, फ्रेस फ्रोजन प्लाज्मा ५ सय ४० युनिट र पेलेटलेज रिच प्लाज्मा ९२ युनिट बनाइएको हो ।
अस्पतालमा आएका बिरामीलाई अन्य रक्त संचार केन्द्रमा धाउनुपर्ने बाध्यतालाई कम गर्नका लागि कम्पोनेन्ट सेवा सञ्चालनमा ल्याएको ब्लड बैंकका इन्र्चाज परशुराम दाहालले बताए ।
यो सेवा उपलब्ध गराउदाँ एक जनाका रक्तदाताले दिएको रगतबाट ३ तीन युनिट कम्पोनेन्ट बन्ने भएकाले यस सेवालाई अगाडि उनको भनाइ छ ।
अस्पतालमा भर्ना भएका नवजात शिशुलाई एफएफपी अत्याधिक मात्रामा आवश्यक पर्ने हुँदा पछिल्लो समय स्टोर गरेर उपलब्ध गराउँदै आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीडी न्यूजको लोगो परिवर्तन भएपछि...
-
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर
-
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
-
निजी क्षेत्रलाई विश्वासमा लिएर नेपालमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री
-
सहिद पत्नीको व्यथा : सहिद परिवारको परिचयपत्रकै खिल्ली उडाइन्छ
-
भारतबाट मात्रै ३६ अर्ब बराबरको खाद्यान्न आयात