केन्द्रीय संस्करण

रौतहटमा प्रहरीद्वारा लाखौं मूल्य बराबरको अवैध सामान बरामद

person explore access_timeमाघ ८, २०७६ chat_bubble_outline0
फाइल तस्विर

रौतहट । रौतहटमा प्रहरीले लाखौं मूल्य बराबरका विभिन्न अवैध भारतीय सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले ती सामान बरामद गरेको हो । प्रहरीले गौर नगरपालिका १ स्थित सिमावर्ती भारतीय बजारबाट  तस्करले भन्सार छलेर भित्र्याएका ६ लाख २४ हजार बराबरको अबैध भारतीय सामान बरामद भएको जनाएको छ ।

भन्सार छलेर गौरमा भित्र्याएको रेडिमेड कपडा, साडी, कुर्ता, जिन्स पाईन्ट तथा केही किराना लागयतका अबैध सामान बरामद भएको जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी रविराज खडकाले जानकारी दिएका । बरामद सामान आवश्यक कार्यवाहीको लागी जिल्ला भन्सार कार्यालय गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उता, बाराको सिमावर्ती सिम्रौनगढ नगरपालिका–७ खजानीस्थित एकघरमा भण्डारण गरिराखेको १० लाख ३१ हजार मूल्य बराबरको बिभिन्न किराना सामान प्रहरीले बरामद गरेको छ । बरामद सामान आवश्यक कार्वाहीको लागी वीरगञ्ज भन्सार कार्यालय पठाइएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रधुम्न कार्कीले जानकारी दिएका छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...