शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दीपक मनाङे भन्छन् : मिलन गुरुङलाई झापड हान्दा यत्रो कुरा ?

बुधबार, ०८ माघ २०७६, १८ : ०९
बुधबार, ०८ माघ २०७६

पोखरा । सांसद दीपक मनाङले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हान्दा ठूलो इस्यू बनाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप फुटबलको उद्घाटन कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष तथा एन्फा कास्कीका अध्यक्ष गुरुङलाई झापड हानेका मनाङेले बुधबार पत्रकार सम्मेलन गरेर गुरुङलाई ठगको संज्ञा दिए । 
‘तपाईंको अठार जना बच्चा अलपत्र पर्दा के गर्नुहुन्छ ?’ सञ्चारकर्मीहरुसँग प्रश्न राख्दै उनले भने, ‘मैले एउटा ठगलाई हान्दा यत्रो कुरा ? ।’ ठगी गर्नेहरुलाई झापड हान्नुपर्ने उनको भनाई थियो । कास्की एन्फा अध्यक्ष मिलन गुरुङले पैसा नभएको चेक दिएको फोटोकपी पनि उनले पत्रकारहरुलाई बाँडेका थिए । 

सांसद जस्तो मान्छेले झापड हान्दा तपाईंको पदलाई स्वभा दियो त ? भन्ने प्रश्नमा मनाङले आफूलाई ठिकै लागेको तर्क पेश गरे। ‘तपाईंलाई मन परेन भने त तपाईंको प्रोब्लम हो,’ उनले भने, ‘मलाई त राम्रो लाग्यो ।’ 
 मिलनविरुद्ध पनि आफूले ५० वटा जाहेरी दर्ता गराउँन सक्ने उनले दावी गरे । ‘म विरुद्ध जाहेरी दिने ?’ उनले भने, ‘मैले त्यस्ता जाहेरी त ५० वटा दिन सक्छु ।’ 

यसैबीच मिलनले भने प्रहरीमा मनाङेविरुद्ध जाहेरी दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप