बर्लिन सम्मेलनको राष्ट्रसंघ सुरक्षा परिषदद्वारा स्वागत
बर्लिन । जर्मनीको बर्लिनमा सम्पन्न लिबिया सम्मेलनबाट निक्लिएको निष्कर्षलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले स्वागत गरेको छ । बर्लिन सम्मेलनको निष्कर्षलाई अनुसरण गर्न आगामी दिनहरुमा थप छलफल गर्ने गत जनवरीमा परिषद्को अध्यक्षता सम्हालेका संयुक्त राष्ट्रसंघका लागि भियतनामका राजदूत दाङ दिन्ह क्वेले बताएका छन् ।
स्थायी युद्धविराम सहित राजनीतिक समाधानका लागि सहजीकरण गर्न तोकिएका लिबियाका लागि संयुक्तराष्ट्रका दूत घसान सलामलाई पुनः समर्थन गरेको छ । परिषदका सदस्यहरूले लिबियाका युद्धरत पक्षहरुलाई बर्लिन सम्झौता बमोजिम युद्धविरामको कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्न सलामलाई आग्रह गरेका छन् ।
लिबियामा युद्धविरामपछि राजनीतिक प्रक्रिया आरम्भ गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आह्वान गरेका छन् । बर्लिन सम्मेलनका सहभागीहरूबीच द्वन्द्व समाधान गर्ने विषयमा छलफल भएको, हतियारको प्रयोग रोक्ने र शान्ति स्थापनाका लागि सबैले पहल गर्ने विषयमा छलफल भएको थियो ।
आइतबारदेखि बर्लिनमा शुरु भएको यस सम्मेलनमा टर्की, रसिया र फ्रान्सका राष्ट्रपतिहरूलगायत विश्वका नेताहरू सहभागी भएका थिए । लिबियामा युद्ध अन्त्य गर्ने उद्देश्यले जर्मन चान्सलर मर्केलको संयोजकत्वमा उक्त सम्मेलनको आयोजना गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेससँग परामर्श गरेर सम्मेलनको आयोजना गरिएको थियो । सो सम्मेलनमा मध्यस्थताका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सहभागी रहेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने