सन्दीप लामिछाने १०० विकेट लिने खेलाडीको कीर्तिमान नजिक
बुधबार, ०८ माघ २०७६, १६ : ११
नेपालका लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा छोटो समयमै एक सय विकेट लिने खेलाडीको किर्तिमान नजिक छन् ।
बिग बास लिगमा बुधबार सतक विकेट पुर्याउने लक्ष्यमा रहेका सन्दीपले त्यो लक्ष्य भेट्टाउन सकेनन् । बिग बासमा मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीप १३औं खेलमा विकेट विहीन भए । एडिलेड स्ट्राइकर्स बिरुद्ध सन्दीपले तीन ओभर बलिङ गरेका २४ रन खर्चिए तर विकेट लिन सकेनन् ।
टी–२० क्रिकेटमा ९८ विकेट लिइसकेका सन्दीपलाई एक सयको आँकडा पूर्याउन अझै अर्को खेल कुर्नु पर्ने भएको छ । उनले अहिलेसम्म १८ वटा टी–२० अन्तर्रास्ट्रिय क्रिकेटमा २८ र ५४ वटा विभिन्न टी–२० क्रिकेट लिगमा ७० विकेट लिँदै ९८ विकेट पुर्याएका हुन् । आज पहिले ब्याटिङ गरेको एडिलेडले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक ६२ रन बनाएर मेलबर्नलई एक सय ६३ रनको लक्ष्य दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’