आज पूरा भएन सन्दीपको सतक विकेट
बुधबार, ०८ माघ २०७६, १६ : १०
एजेन्सी । नेपालका लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा छोटो समयमै एक सय विकेट लिने खेलाडीको किर्तिमान नजिक छन् । बिग बास लिगमा बुधबार सतक विकेट पुर्याउने लक्ष्यमा रहेका सन्दीपले त्यो लक्ष्य भेट्टाउन सकेनन् । बिग बासमा मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीप १३ औं खेलमा विकेटविहिन भए ।
एडिलेड स्ट्राइकर्स बिरुद्ध सन्दीपले तीन ओभर बलिङ गरेका २४ रन खर्चिए तर विकेट लिन सकेनन् । टी–२० क्रिकेटमा ९८ विकेट लिइसकेका सन्दीपलाई एक सयको आँकडा पूर्याउन अझै अर्को खेल कुर्नुपर्ने भएको छ । उनले अहिलेसम्म १८ वटा टी–२० अन्तर्रास्ट्रिय क्रिकेटमा २८ र ५४ वटा विभिन्न टी–२० क्रिकेट लिगमा ७० विकेट लिँदै ९८ विकेट पुर्याएका हुन् । आज पहिले ब्याटिङ गरेको एडिलेडले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक ६२ रन बनाएर मेलबर्नलई एक सय ६३ रनको लक्ष्य दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलका लागि कतारसँग जीटुजी सम्झौतामा जोड
-
ह्वाट्सएपमा आउँदैछ ठुलो अपडेट, इन्टरनेट बिनै पठाउन सकिनेछ फोटो र फाइल
-
उत्तर कोरियाद्वारा परमाणु हमलाको प्रत्याक्रमण अभ्यास
-
कतारका राजाको नेपाल भ्रमण : कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?
-
‘पढेलेखेकाहरूले देश बिगारे’ भन्ने भाष्य निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन सकेन : सीके राउत
-
सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव