शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध एयरको नयाँ उडान राजविराजमा

बुधबार, ०८ माघ २०७६, १५ : ५२
बुधबार, ०८ माघ २०७६

काठमाडौं– बुद्ध एयरले प्रदेश २ को अर्को महत्वपूर्ण शहर राजविराजमा पनि उडान भर्ने भएको छ । बुद्धले यही माघ १८ गते शनिबारबार (फेब्रअरी १०)देखि दैनिक उडान भर्ने जनाएको छ। 

उडानको समय काठमाडौंबाट ११ः२५ र राजविराजबाट १२ः२० राखिएको छ । उडान अवधि झण्डै ३५ मिनेटको हुनेछ । यो उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरुलाई सुविधा पुग्ने विश्वास एयरलाइनले लिएको छ ।

दैनिक उडानले पर्यटन पर्वद्धनका साथै भिजिट नेपाल २०२० लाई पनि टेवा पुग्ने बुद्ध एयरको विश्वास छ । उडान सुचारु भएसँगै पर्यटकको आउजाउसँगै स्थानीय स्तरमा रोजगारीको साथै आर्थिक वृद्धि हुनेछ । राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण शहर हो । यहाँबाट छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ ।

राजविराज उडानले सिमापारीका सहरसा, सुपौल, निर्मली, बीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडीया, लौकहालाई पनि सजिलैसँग जोड्न सकिन्छ । यसबाट दुबै देशका पर्यटकहरुलाई फाईदा पुग्नेछ ।

बुध्द एयरको वेवसाईट www.buddhaair.com र मोबाईल एपबाट टिकट खरिद गर्दा आकर्षक डिस्काउन्ट पनि पाईन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप