तस्करले थापेको पासोमा चितुवा परेपछि...
कञ्चनपुर । तस्करले थापेको पासो (धराप) मा चितुवा परेपछि उद्धारको प्रयास भइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सिद्धनाथ सामुदायिक वनमा तस्करको पासोमा परेका चितुवाको उद्धारका लागि नेपाली सेनाको सिंहसार्दुल गुल्म भगतपुर, सीमा प्रहरीचौकी ब्रह्मदेव तथा डिभिजन वन कार्यालय कञ्चनपुरको टोली उद्धारमा खटिएको छ ।
भीमदत्त नगरपालिकाले चुरेको फेदमा छाडा गाईवस्तुका लागि निर्माण गरेको गौशालाको रेखदेखमा खटिएका कर्मचारीले चितुवा पासोमा परेको भेट्टाएपछि सोबारे सीमा प्रहरीचौकी ब्रह्मदेवलाई जानकारी गराएका थिए । लगत्तै सेना, प्रहरी र डिभिजन वन कार्यालय कञ्चनपुरको टोली घटनास्थल पुगेको हो ।
वन कार्यालयका प्रमुख अजयविक्रम मानन्धरले प्रारम्भिक अनुसन्धानका क्रममा तस्करले चितुवा मार्न पासो थापेको पाइएको बताए । ‘चितुवा जिउँदै छ, उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जको टोली मगाएका छौँ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी