शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घुससहित वन कार्यालयका प्रमुख पक्राउ

बुधबार, ०८ माघ २०७६, १४ : १७
बुधबार, ०८ माघ २०७६

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले रुपन्देहीको सैनामैनास्थित सब डिभिजन वन कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई  घुससहित पक्राउ गरेको छ ।

कार्यालय प्रमुख श्रेष्ठले घर बनाउने सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार रुपैयाँ घुस लिदै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यलयका प्रवक्ता सुरेश भुसालले जानकारी रातोपाटीलाई जानकारी दिए ।

प्रमुख श्रेष्ठलाई बुटवल उपमहानगरपालिको बार्ड १४ नयाँ गाउँबाट नियन्त्रणमा लिइएको घटनाको थप अहिले  अनुसन्धान भइरहेको प्रवक्ता भुषालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप