शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९  पुग्यो, भाइरस थप प्राणघातक हुनसक्ने चेतावनी

बुधबार, ०८ माघ २०७६, १२ : ५२
बुधबार, ०८ माघ २०७६

एजेन्सी । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बुधबारसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको बताएको छ । 

आयोगका अनुसार भाइरसबाट ४४० व्यक्ति संक्रमित भइसकेका छन् ।

देशको सरकारी स्वास्थ्य निकायले अहिलेसम्म पूर्ण रुपमा पहिचान भइनसकेको कोरोनाभाइरस म्युटेट(उद्विकास) हुनसक्ने र त्यस अवस्थामा परिस्थिति निक्कै डरलाग्दो हुने चेतावनी दिएको छ । 

‘२०१९ नोभेल कोरोनाभाइरस’ नाम दिइएको भाइरसले स्वासप्रस्वास नलीलाई आक्रमण गर्ने गर्छ । 

विश्व स्वास्थ संगठनले बुधबार नै कोरोनाभाइरससम्बन्धमा आकष्मिक बैठक बोलाएको छ । वैठकमा कोरोनाभाइरसको प्रकोपलाई विश्वव्यापी जनस्वस्थ संकटकाल घोषणा गर्ने नगर्ने विषयमा चर्चा हुनेछ । 

कोरोनाभाइरस चीनबाट थाइल्याण्ड, ताइवान, जापान, दक्षिण कोरिया र अमेरिकामा पुष्टि भइसकेको छ । बुधबार चीनको स्वशासित क्षेत्र मकाउमा पनि एक संक्रमित भेटिएका छन् । 

चीनले कोरोनाभाइरसको प्रकोपलाई सार्स महामारीकै हाराहारीमा वर्गिकरण गरेको छ । यस वर्गिकरणमा परेका रोगका विरामीलाई अनिवार्य एक्लै छुट्याइन्छ र यात्रामा क्यारेन्टाइनको व्यवस्था गरिन्छ । 

चीनले यस पट सार्स महामारीको समयमा भन्दा निक्कै पारदर्शिता अपनाएको छ । सार्स प्रकोपको समयमा सुचना लुकाउदाँ संक्रमण ३७ देशमा फैलिन पुगेको थियो र ७५० ले ज्यान गुमाएका थिए ।

प्रकोप उहानको सीफुड बजारबाट सुरु भएको भनिए पनि वैज्ञानिकले अझै पनि भाइरसको सटिक उद्गम पहिचान गर्न सकेका छैनन् । 

भाइरस मानिसबाट मानिसमा सर्ने खालको भए पनि धेरै संक्रमित भने जनावरबाट संक्रमित भएको देखिएको छ । 

उहानको सीफुड बजारमा गैरकानुनी रुपमा वन्यजन्तु पनि बेचबिखन हुनेगथ्र्यो । हाल उक्त बजार बन्द गरिएको छ । अहिले उहानमा जिउदों जिवको ओसार पसार नै पूर्ण रुपमा बन्द छ । 

यो हप्ता चीनले लुनार नयाँ वर्ष मनाउदैंछ । चिनियाँको सबैभन्दा महत्वपूर्ण पर्व मनाउन करोडौं मानिस घरपरिवारलाई भेट्न देशका विभिन्न भागमा यात्रा गर्ने गर्छन् । यसमा रोगको विस्तार हुने डर व्यक्त गरिएको छ । 

तर चिनियाँ अधिकारीले संक्रमणलाई विस्तार हुन नदिन विभिन्न कदम उठाइरहेका छन् । रोगको पहिलो पटक पहिचान भएको उहानमा मानिसलाई घरबाहिर ननिस्कन आह्वान गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप