शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘दि कर्मा’मा  भिलेन परमिता

बुधबार, ०८ माघ २०७६, १२ : २८
बुधबार, ०८ माघ २०७६

काठमाडौं । केही अगाडि एक कार दृर्घटनाको कारण चर्चामा रहेकी मोडल अभिनेत्री परमिता आरएल राणा अहिले फेरि चर्चामा छिन् । यो पटक उनको चर्चा फिल्म ‘दि कर्मा’को कारण भएको हो ।

फिल्म यही माघ १७ गते शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा उनी पनि मिडियामा चारै तिर छाउन थालेकी छन् । 

एक्सन लभस्टोरी जनरामा निर्माण भएको फिल्म देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्मले नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनाको बिषय उठाउने कोसिस गरेको छ । फिल्ममा उनले नकारात्मक भूमिका निर्बाह

गरेकी छन् । फिल्मको आफ्नो भुमिका दर्शकले रुचाए आगामी दिनमा पनि फेरि नकारात्मक भूमिका निर्वाह गर्ने उनको सोच रहेको छ ।

‘दि कर्मा’मा अहिले सम्मकै फरक र बोल्ड भुमिका निर्वाह गरेको छु’  परमिताले भनिन् ‘यसको भुमिका मेरो प्रयोग पनि हो ।’

परमिताको यसअगाडि केही फिल्म प्रदर्शनमा आइसकेका छन् । तर उनले सफलताको स्वाद भने चाख्न पाएकी छैनन् । ‘दि कर्मा’ बिषयबस्तु, निर्माण र भुमिका सबै फरक भएकोले सफल हुने उनले अनुमान लगाइन् । 

फिल्मको केही पहिले ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलरमा रहेको परमिताको लुक्सले दर्शकको ध्यान तान्न सफल भएको छ । फिल्ममा उनी बुद्धि तामाङको जोडी बनेकी छन् । बुद्धिसँग जोडी बनेर काम गर्न पाउदा

बेग्लै अनुभव भएको उनले सुनाइन् । फिल्ममा भारतिय कलाकार करण वर्माको पनि अभिनय रहेको छ । 

जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म जयराज राय, श्रीदेव बीएल र निशा खतिवडाले मिलेर बनाएका हुन् । 

शारदा खड्का अर्याल सहनिर्मात्री रहेको फिल्ममा फिल्ममा परमिताको अलवा नीता ढुङ्गाना, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारले पनि अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप