बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दीपक मनाङेबाट कुटिएका एन्फा कास्की अध्यक्ष गुरुङ भन्छन् : म आयोजक भएको हुनाले संयमित भएँ

बुधबार, ०८ माघ २०७६, ११ : १२
बुधबार, ०८ माघ २०७६

पोखरा । मङ्गलबारदेखि पोखरामा सुरु भएको ‘मुख्यमन्त्री कप’ फुटबलमा अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष कुटिए । आफ्ना जिल्लाका खेलाडीहरुलाई खान, बस्नको राम्रो व्यवस्था नमिलाएको र मुख्यमन्त्री कप जस्तो खेल रंगशालामा आयोजना नगरि बाहिर गरेको भन्दै गण्डकी प्रदेशका सांसद दीपक मनाङे आयोजक संस्थाका अध्यक्षमाथि खनिएका थिए ।

एन्फा कास्कीका अध्यक्षले खेलको नाममा भ्रष्टाचार गरेको आरोप पनि मनाङेले लगाएका छन् । यही विषयमा केन्द्रित रहेर रातोपाटीले एन्फाका कास्की अध्यक्ष मिलन गुरुङसँग टेलिफोन वार्ता गरेको छ ।


उनीसँग गरेको कुराकानीको अंश जस्ताको त्यस्तै :

नियम मै नभएको कुरा मैले कसरी खल्तीबाट दिने ? बल्लतल्ल मुख्यमन्त्री कप पहिलो चोटी आयोजना भएको छ । यस्तो दुःख गरेर मुख्यमन्त्री कप आयोजना गरेका छौं ।

बजेट पनि अहिले निकासा भएको छैन । दिन्छु भन्ने फाइनल त भएको छ । तर, एक सुको पाइएको छैन ।

आफ्नै खल्तीबाट म्याग्दी, बागलुङ पुगेर ३÷४ दिन बसेर सेलेक्सन गरेर ल्याएका छौं । मुख्यमन्त्रीको नियमअनुसार, मुख्यमन्त्रीको एभिडेसन नभए पनि मुस्ताङ, म्याग्दी र पर्वतलाई खेलाइदिन भन्नु भयो । सेलेक्सन पनि गरेर ल्यायौं ।

मुख्यमन्त्री गेट मै आइसक्नु भएको थियो । म अगाडि आएँ । अगाडि आएर नियम मै नभएको कुरा के ! उसको (दीपक मनाङेको) खेलाडी कुनै कामले ५÷६ दिन अघि आएको छ । ५÷६ दिन अगाडिको होटलको पैसा तिर्दिनु प¥यो रे ! ग्राउन्ड किन खोज्दिएन रे ।

ग्राउन्ड त तीन दिन अघि खोजिदिएको छ । ऊ खेल्न गएन । होटलको पैसा तिर्दिने रे ! घुम्न गएको पैसा तिर्ने रे !

मैले खाए पनि तपाईंले खाए पनि, डे विफोर, आफ्टर भन्ने छ नि । त्यो अनुसार राखेर हामीले होटेलको पैसा तिर्ने हो ।

उसले त ५÷६ दिन अघिको होटलको पैसा तिनुप¥यो । या रे, त्या रे ! मुख छोडेर आमाचकारी लगाउँछ ।

म त एकदम संयम अपनाएको हो । किनकी, सभासद् हो । सभासद्लाई मैले पनि मान्नुपर्छ ।

घरव्यवहार छोडेर काम गरिरहेको छु । दुःख गरिरहेको छु । फुटबल भनेर हिँडिरहेको छु ।

यति काम गर्दा पनि कर्मा छिरिङलाई पिट्छु रे ! यस्तो ठाउँमा पनि मुख्यमन्त्री कप हुन्छ रे । किक, सिक देखाउने । मैले पनि हात हाल्न सक्थेँ । तर, मैले संयम अपनाएको हो । ऊ गलत भए पनि हामी हुनु भएन ।

मुख्यमन्त्री पनि ठ्याक्क आउने, सभासद्हरु आउने मैले पनि काण्ड घटाएको भए त नराम्रो हुन्थ्यो । म आयोजक कमिटीको भएर त मिलेन नि त । म सहेरै बसेँ । उहाँले यसरी दुर्व्यवहार गर्नुभयो ।

मैले निवेदन पनि हाल्छु । अहिले पत्रकार सम्मेलन पनि हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप