हेटौँडामा जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
बुधबार, ०८ माघ २०७६, १० : २३
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, नवलपुरमा बुधबार जीप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ च १७७७ नम्बरको जीप र विपरीत दिशाबाट जाँदै गरेको ना ४२ प ४९१४ नम्बरको मोटरसाइकल गएराति साढे १२ बजे आपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१९ का २१ वर्षीय सुनिल स्याङ्तान र पछाडि सवार मकवानपुर ज्यामिरेका १८ वर्षीय साजन भोलन घाइते भएका थिए ।
घाइते भएका चालक स्याङ्तानको उपचारको क्रममा हेटौंडा अस्पतालमा बुधबार राति १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका साजनको भने चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
दुवै सवारी साधन र जीप चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ