मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

३० वस्तुगत प्रश्नोत्तर

बुधबार, ०८ माघ २०७६, ०९ : ३२
बुधबार, ०८ माघ २०७६

१.    सातौँ राष्ट्रिय कृषि गणना कहिले गरिने भएको छ ?
- वि.सं. २०७८ 
–    नेपालको कृषिको अवस्था र कृषिको विकासका लागि विभिन्न योजना बनाउने उद्देश्यका साथ सातौँ राष्ट्रिय कृषि गणना वि.सं. २०७८ मा गरिने भएको । 
–    विगतमा जिल्लास्तरमा मात्र कृषि गणना हुँदैआएकोमा स्थानीय तहको समेत कृषि तथ्याङ्क उपलब्ध गराउने गरी ७५३ ओटा स्थानीय तहको कृषक र कृषिको अवस्थाबारेमा कृषि गणना गर्न लागिएको । 
२.    सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा कसलाई चयन गरिएको छ ? 
- गणेशदत्त भट्ट (सिफारिस समितिले २०७६ माघ ४ मा सिफारिस गरेको ।)
(त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस गरिएको ।)
३.    आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द राष्ट्रिय पुरस्कार (२०७६) कसलाई प्रदान ग¥यो ? 
- प्रा.डा. चूडामणि बन्धु (राशि : रु. १ लाख)
४.    कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा कहिले गरिएको हो ? 
- वि.सं. २०७६ माघ ४
(सो प्रदेशलाई बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको ।)
५.    नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्मित गणतन्त्र स्मारक सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिने भएको छ ? 
- वि.सं. २०७७ जेठ १५
(आउँदो गणतन्त्र दिवसका दिन सो स्मारक सर्वसाधारणका लागि खुला भएपश्चात् नारायणहिटी सङ्ग्रहालय परिसरमा निर्माण भएको शहीद स्मारकमा राष्ट्रिय शहीद दिवसको दिन शहीदप्रति सम्मान गर्ने व्यवस्था गर्न लागिएको । गणतन्त्र आएपछि लैनचौरस्थित शहीद स्मारकमा सम्मान गर्ने कार्यक्रम राखिँदै आएको । स्मारकलाई विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुखको नेपाल भ्रमणमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने स्थलका रूपमा विकास गरिने बताइएको ।)
६.    अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले सन् २०२० जनवरीमा सार्वजनिक तथ्याङ्कअनुसार आ.व. २०७६÷७७ मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण गरेको छ ? 
- ६ प्रतिशत
(राजनीतिक स्थायित्व, विद्युत्को सहज आपूर्ति र भूकम्पपछिको पुनर्निर्माणमा काम भइरहेको भए पनि सरकारले विकास खर्च गर्न नसकेको लगायतका कारणले सरकारी प्रक्षेपणअनुसार आर्थिक वृद्धि नहुने आईएमएफको आर्टिकल मिसन फोरले जनाएको । सरकारले आ.व. २०७६÷७७ को बजेटमार्फत चालु आ.व. मा ८.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको ।)
७.    सरकारद्वारा पूर्वीय दर्शन, योग, परम्परागत चिकित्सा, जडीबुटीलगायतको अध्ययन तथा अनुसन्धान गर्न जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना गर्न थालेको विश्वविद्यालय कुन हो ? 
- योगमाया आयुर्वेदिक विश्वविद्यालय
–    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले योगमाया आयुर्वेदिक विश्वविद्यालयको विधेयक तयार पारेको । 
–    मन्त्रालयका अनुसार एउटा केन्द्रीय क्याम्पस र सात प्रदेशमा एक÷एक आङ्गिक क्याम्पस रहने गरी विधेयक तयार गरिएको । 
–    सो विश्वविद्यालयको केन्द्रीय कार्यालय अरुण उपत्यकामा स्थापना गरिने जनाइएको । 
८.    विश्वकै होचा मानिसका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका खगेन्द्र थापामगरको निधन कहिले भएको हो ? 
- वि.सं. २०७६ माघ ३
–    २२.४ इन्च उचाइ एवं ६ केजी तौलका खगेन्द्रले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रूपमा गिनिज बुक्स अफ वल्र्ड रेकर्ड कायम गरेका थिए । 
–    हाल फिलिपिन्सका जुनेरो बलाविङ विश्वको सबैभन्दा होचा व्यक्ति हुन् । उनी खगेन्द्रको उपाधि खोस्दै विश्वको सबैभन्दा होचा व्यक्ति बनेका ।
९.    हालै रुसको नयाँ प्रधानमन्त्री बन्न सफल व्यक्तित्व को हुन् ? 
- मिखाइल मिसुस्टिन (सन् २०२० जनवरी १६)
१०.    वि.सं. २०७६ माघ २ मा मनाइएको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको नारा के हो ? 
- भूकम्पबाट सुरक्षित पूर्वाधार दिगो, सुख र समृद्धिको आधार
–    वि.सं. १९९० माघ २ मा गएको प्रलयकारी भूकम्पको स्मरण गर्दै हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिएको । 
–    नेपालमा वि.सं. १९९० मा गएको ८.३ रेक्टर स्केलको भूकम्पमा परी करिब आठ हजार व्यक्तिको निधन भएको । 
–    नब्बे सालपछिको ठूलो भूकम्प नेपालमा २०७२ वैशाख १२ (७.६ रेक्टर स्केल) मा गएको । वि.सं. २०७२ को भूकम्पबाट करिब ९ हजार नागरिकको मृत्यु र २२ हजार जना घाइते भएका । झन्डै आठ लाख घर क्षति भएका र करिब सात खर्ब रुपियाँको नोक्सानी भएको । 
११.    ग्राह्मी अवार्ड–२०१९ मा सर्वोत्कृष्ट घोषित गीत कुन हो ? 
- दिस इज अमेरिका
१२.    वि.सं. २०७६ माघ १ मा मनाइएको पाँचौँ राष्ट्रिय योग दिवसको नारा के हो ?
- राष्ट्रिय एकता ः योगको सान्दर्भिकता
–    राष्ट्रिय एकता ः योगको सान्दर्भिकता नाराका साथ वि.सं. २०७६ माघ १ मा पाँचौँ राष्ट्रिय योग दिवस मनाइएको । 
–    योगलाई देशव्यापी बनाउन सरकारले वि.सं. २०७२ साउन ४ को निर्णयअनुसार माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरेको । 
–    नेपालमा जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस र माघ १ मा राष्ट्रिय योग दिवस गरी वर्षको दुईपटक योग दिवस मनाउँदै आइएको । 
–    आदि योगी शिव, हजारौँ ऋषिमुनिहरू एवं शान्तिका अग्रदूत गौतम बुद्धको साधना थलोका रूपमा परिचित हाम्रो देश नेपाल योगको उद्गम भूमिका रूपमा रहेको । 
–    प्राचीन योगी, ऋषि, महर्षिले विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित हिमवत्क्षेत्रमा बसेर कन्दमुल, जडीबुटी र जल सेवन गरी दीर्घ तपः साधनाको माध्यमबाट प्राप्त योगको जगमा नै शिवसभ्यता, जनकसभ्यता र बुद्ध सभ्यताको त्रिवेणी सङ्गमस्थलका रूपमा यस पावन भूमिको विकास भएको । 
१३.    नेपालका लागि भारतका नयाँ राजदूतका रूपमा कसलाई चयन गरिएको छ ? 
- विनयमोहन क्वात्रा
१४.    राष्ट्रिय शिक्षा नीति, २०७६ मा तर्जुमा गरिएको दीर्घकालीन सोच के हो ? 
- गरिबीमुक्त र समानतायुक्त समाज
१५. अमेरिकाले संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्बाट अलग हुने घोषणा कहिले गरेको हो ?
- सन् २०१८ जून १९
१६. भूमिसम्बन्धी विविध विषयमा जानकारी उपलब्ध गराउने उद्देश्यका साथ कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामक एप्स कहिले सार्वजनिक गरेको हो ?
- वि.सं. २०७५ असार १०
१७. कसैले सार्वजनिक स्थानमा वा अरू मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन क्रिया गरेमा वा कुनै किसिमको अप्राकृतिक मैथुन गरेमा के–कस्तो सजाय हुने व्यवस्था छ ?
- १ वर्षसम्म कैद वा १० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय
(मुलुकी अपराध (संहिता) ऐन,२०७४ को दफा १२३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको, जुन २०७५ भाद्र १ बाट कानुनका रूपमा लागू हुनेछ ।)
१८. प्रमुख पर्यटकीय गन्तव्यहरू एवं पर्यटनसम्बन्धी विविध क्रियाकलाप समेटी नेपाल पर्यटन बोर्डद्वारा सञ्चालनमा ल्याइएको मोबाइल एप कुन हो ?
- वेलकम नेपाल (नयाँ वर्ष २०७४ को अवसर पारी सार्वजनिक गरिएको ।)
१९. प्रकाशको किरण एक माध्यमबाट अर्को माध्यममा प्रवेश गर्दा बाङ्गिने वा दिशा परिवर्तन हुने प्रक्रियालाई के भनिन्छ ?
- प्रकाशको आवर्तन 
(फरक माध्यममा प्रकाशको गति फरक–फरक हुने भएकाले प्रकाशको आवर्तन हुन्छ ।)
२०. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरण छुट्याउने प्रक्रियालाई के भनिन्छ ?
- प्रकाश विच्छेदन 
२१.  निजामती सेवामा रहेको आरक्षणसम्बन्धी व्यवस्था कति वर्षमा  पुनरवलोकन गर्नुपर्ने प्रावधान छ ?
-  प्रत्येक दश वर्षमा 
(नेपालको निजामती सेवामा आरक्षणको व्यवस्था निजामती सेवा नियमावलीमा दोस्रो संशोधन गरी वि.सं. २०६४ देखि प्रारम्भ गरिएको ।)
२२. अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रधान कार्यालय कहाँ छ ?
- नेदरल्यान्डको हेग
–    यो अदालत औपचारिक रूपमा सन् २००२ जुलाई १ मा स्थापना भएको ।
–    हाल यो संस्थामा १२२ सदस्य राष्ट्र रहेका ।
–    सार्क राष्ट्रहरूमध्ये बङ्गलादेश, माल्दिभ्स र अफगानिस्तानले यसको सदस्यता लिएका ।
२३. राष्ट्रिय युवापरिषद्ले युवा उद्यमी केन्द्र कहाँ  स्थापना गर्ने भएको छ ?
- काभ्रेको  पाँचखाल
२४. सरकारले योजनाबद्ध ढङ्गले विद्युत् प्रसारण प्रणाली निर्माण गर्ने लक्ष्यका साथ प्रसारण प्रणाली विकास गुरुयोजना कहिले सार्वजनिक ग¥यो ?
- वि.सं. २०७५ असार १७
–    नदी बेसिनका आधारमा पाँच प्रसारण हब बनाई सन् २०४० सम्मको विद्युत् उत्पादन तथा आवश्यक प्रसारण प्रणालीको लेखाजोखा गरेर प्रसारण लाइन र सबस्टेशन निर्माणको गुरुयोजना सार्वजनिक गरिएको ।
–    गुरुयोजनामा महकाली नदी, पश्चिम सेती र कर्णाली करिडोर जोन–१, भेरी नदी करिडोर जोन –२, कालीगण्डकी र मस्र्याङ्दी करिडोर जोन–३, त्रिशूली, चिलिमे, खिम्ती, तामाकोशी करिडोर जोन –४ र कोशी, अरुण र काबेली करिडोर जोन–५  उल्लेख ।
–    उत्तर छिमेकी देश चीन र दक्षिण छिमेकी देश भारत जोड्ने गरी क्रमश ः उत्तरतर्फ २ र दक्षिणतर्फ ६ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि करिब ७ खर्ब ८२ अर्ब लगानी हुने गुरुयोजनामा उल्लेख ।
–    सरकारले सन् २०४० सम्म करिब ४० हजार मेगावाट विद्युत् उत्पादन हुने र आन्तरिक खपत २० हजार मेगावाट हुने लक्ष्य राखेको । 
–    सन् २०४० सम्म ४२ वटा ४०० केभी एवं ३८ वटा २२० केभी क्षमताका प्रसारण प्रणाली जोड्ने आधार स्टेशन निर्माण गरिने ।
२५. पिछडिएका जनताको जीवनस्तर उकास्न, उद्योगको स्थितिमा सुधार ल्याउन, निर्यात बढाउन जस्ता विशेष अवस्थामा निश्चित अवधिका लागि कर नलगाउने वा कर छुट दिने व्यवस्थालाई के भनिन्छ ?
- ट्याक्स होलिडे
२६.    सन् २०२० जनवरीदेखि २०२१ डिसेम्बरसम्म संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को अस्थायी सदस्यमा चयन हुन सफल राष्ट्र कुन कुन हुन् ? 
- भियतनाम, ट्युनिसिया, स्टोनिया, नाइजेरिया र सेन्ट किट्स एन्ड नेभिस
(सन् २०१९ देखि २०२० डिसेम्बरसम्मको अवधिका लागि यु.एन.ओ.को सुरक्षा परिषद्को अस्थायी सदस्यका रूपमा डोमिनिकन रिपब्लिक, इन्डोनेसिया, जर्मनी, बेल्जियम र दक्षिण अफ्रिका रहेका ।)
२७. नेपालका हिमाल आरोहणबारे विगत पाँच दशकदेखि अध्ययन गर्दै आएकी एलिजावेथ हली कुन देशकी नागरिक हुन् ?
- न्युजिल्यान्ड 
– सन् १९६० मा पहिलोपटक नेपाल आएकी हली त्यसयता नेपालमा नै रहेर हिमाल आरोहण सम्बन्धमा अध्ययन–अनुसन्धानमा लागेकी ।
– द हिमालयन ट्रस्टको अध्यक्ष रहेकी हली नेपालका लागि न्युजिल्यान्डको अवैतनिक वाणिज्य दूत नियुक्त भएकी ।
– आरोहण अध्येता हलीले सन् १९८८ देखि सन् २००७ सम्म नेपालबारे लेखेका सामग्रीलाई सङ्कलन गरी तयार पारिएको ‘द नेपाल सिन’ नामक पुस्तकको दुई भाग प्रकाशित भएको ।
– नेपाली पर्वतारोहण क्षेत्रमा उनले पु¥याएको योगदानको कदर गर्दै नेपाल सरकारले पुठा हिउँचुलीको एउटा चुचुरोलाई उनको सम्झनामा ‘पिक हली’ नामकरण गरेको ।
– सन् १९२३ मा जन्मिएकी हलीको ९४ वर्षको उमेरमा सन् २०१८ जनवरी २६ मा काठमाडौँमा निधन भएको । 
२८. भित्री ग्रह (इनर प्लानेट्स) अर्थात् सूर्यको नजिकका ग्रह भनेर कुन–कुन ग्रहलाई चिनिन्छ ? 
- बुध, शुक्र, पृथ्वी, मङ्गल 
(बृहस्पति, शनि, अरुण र वरुणलाई बाहिरी ग्रह (आउटर प्लानेट्स) अर्थात् सूर्यबाट टाढा रहेका ग्रह भनेर चिनिन्छ ।)
२९. अस्वीकार्य व्यक्ति (पर्सन ननग्राटा) भन्नाले के बुझिन्छ ?
- कुूटनीतिक शिष्टाचार अन्तर्गत विशेष सुविधा प्रदान गरिएकोमा त्यस्तो सुविधाको दुरुपयोग गर्ने एवं कूटनीतिक मर्यादाको उल्लङ्घन गर्ने व्यक्तिलाई होस्ट कन्ट्रीद्वारा अस्वीकार भनी घोषणा गरिएको व्यक्ति
–    अस्वीकार्य व्यक्तिले निर्धारित समयमा त्यस्तो मुलुक छोड्नुपर्ने,
–    नेपाल सरकारद्वारा वि.सं. २०५६ मा पाकिस्तानी राजदूतावासका कर्मचारी असिम सवुरलाई अस्वीकार्य व्यक्ति घोषणा गरिएको ।
३०. अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन (ओसिआर) सफ्टवेयर केसँग सम्बन्धित छ ?
- नेत्रहीन व्यक्तिले नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधि 
(काठमाडौँ विश्वविद्यालयका सूचना प्रविधिविज्ञ प्रा.डा. बालकृष्ण बल र निराजन पन्तद्वारा निर्माण गरिएको सफ्टवेयर प्रविधि ।)
गोरखापत्रबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप