बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकासम्म पुग्यो चिनियाँ कोरोना भाइरस

बुधबार, ०८ माघ २०७६, ०८ : ५३
बुधबार, ०८ माघ २०७६

संयुक्त राज्यले आफ्नो क्षेत्रमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएको पुष्टि गरेको छ ।

सेन्टर्स फर डिजिज कन्ट्रोलले चीनबाट सिएटल फर्किएका एक अमेरिकी नागरिकमा उक्त रोगको संक्रमण देखिएको जानकारी दिएको छ । कोरोना भाइरस पहिलो पटक चीनमा देखिएको थियो ।

चीनको युहान शहरबाट फैलिएको यो भाइसरले अहिलेसम्म तीन सय बढीलाई संक्रमित पारिसकेको छ भने ६ जनाको मृत्यु भइसकेको छ ।

एक टुर अपरेटका अनुसार उत्तर कोरियाले उक्त संक्रमणको जोखिमका कारण विदेशी पर्यटकका लागि आफ्नो सबै सीमा बन्द गरेको छ ।

 अमेरिकाका संक्रमित ती ३० वर्षे पुरुष जनवरी १५ तारिखमा युहानबाट फर्किएको जानकारीमा उल्लेख छ ।

‘बिरामी भएपछि उनी वासिङ्टनमा उपचारका लागि आएका थिए,’ सेन्टर फर डिजिजले एक वक्तव्य जारी गर्दै जानकारी दिएको छ ।

‘बिरामीले यात्रा गरेको स्थान र लक्षणलाई आधार मानेर स्वास्थ्य क्षेत्रका विज्ञले उनलाई कोरोना भाइरस लागेको हुनसक्ने अनुमान गरे ।’

परीक्षणपछि उनलाई कोरोना भाइरस नै लागेको २० जनवरीमा थाहा भएको बताइन्छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप