बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नीजि तस्बिर पोष्ट गरेको भन्दै ह्यारी र मेगनद्वारा मिडियाविरुद्ध कानूनी चेतावनी जारी

बुधबार, ०८ माघ २०७६, ०८ : १५
बुधबार, ०८ माघ २०७६

ड्युक र डचेज अफ ससेक्सले एक मिडियाविरुद्ध कानूनी चेतावनी जारी गरेका छन् । क्यानडामा रहेकी मेगनको तस्बिर पत्रिका र वेबसाइटमा सार्वजनिक भएपछि यो जोडीले यस्तो गरेको हो ।

उनीहरुका वकिलका अनुसार छोरालाई बोकेर आफ्ना दुई कुकुरलाई डोहोर्‍याइरहेको मेगनको फोटो फोटोग्राफरहरुले झाडीमा लुकेर खिचेका हुन् । फोटोग्राफरहरुले मेगनमाथि जासुसी पनि गरिरहेको वकिलले बताए ।

फोटो खिच्नका लागि मेगनले स्विकृति नदिएको  र फोटोग्राफरले उनीमाथि दुर्व्यवहार गरेको वकिलले आरोप लगाएका छन् ।

यो जोडी कानूनी कारवाहीको लागि तयार भएको वकिलले जानकारी दिएका छन् ।

ब्रिटिश कोलम्बियास्थित भ्यानकुभर आइल्याण्डमा रहेको उनीहरुको निवासमा पापाराजी क्रियाकलाप बढिरहेको बताइन्छ ।

वकिलका अनुसार फोटोग्राफरले लामो रेन्जका लेन्स प्रयोग गरेर ड्युक र डचेज अफ ससेक्सको घरभित्रका क्रियाकलापसमेत कैद गर्न खोजिरहेका छन् ।

ब्रिटिश कोलम्बिया कानून अनुसार डचेजले यदि आफ्नो गोपनियता भंग भएको प्रमाण देखाउन सके कानूनी कारवाही सम्भव छ ।

गत सोमबार मेगनलाई आफ्नो आठ महिने छोरा आर्चीलाई बेबी स्लिङ्गमा बोकेर गाइ र ओजेड नामको दुईवटा कुकुर डुलाइरहेको अवस्थामा देखिएको थियो ।

ड्युक अफ ससेक्स ह्यारी मंगलबार बिहान क्यानडा फर्किएका छन् । उनी सोमबार यूके–अफ्रिका इन्भेस्टमेन्ट समिटमा सरिक भएका थिए ।

यो महिनाको सुरुवातमा मेगन क्यानडा उडेपछि ह्यारी आफ्ना छोरा र श्रीमतीबाट करिब १० दिन टाढा भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप