केन्द्रीय संस्करण

मधेस आन्दोलनका घाइतेलाई एक लाख सहयोग

person explore access_timeमाघ ७, २०७६ chat_bubble_outline0

सिरहा । सिरहा मधेस आन्दोलनमा खुट्टा गुमाएका सिरहा लहान नगरपालिका २४ गोविन्दपुरका किसुन साहलाई एक समाजसेवीले एकलाख रुपैयाँ सहयोग गरेका छन् । काठमाडौंको ललितपुर उपमहानगरपालिका १६ नकवहाल, तोलाछेका ७९ वर्षीय मदनकुमार श्रेष्ठले साहलाई एकलाख रुपैयाँ सहयोग गरेका हुन् । 

श्रेष्ठले मधेस आन्दोलनका घाइते साहको दुःखान्त जीवनी एक पत्रिकामा पढेपछि उनको घरनिर्माणमा सहयोग पुर्याउने उदेश्यले रकम पठाएको बताएका छन् । उनले सिरहाका पत्रकार मणिलाल विश्वकर्माको नाममा पठाएको रकम आजै एक कार्यक्रमको आयोजना गरी मानवअधिकारकर्मी राजकुमार राउतको हातबाट प्रदान गरिएको हो । 

घाइते साहले आफूसँग भएको केही पैसा र उधारो गरी घर बनाउँदै गरेको घर अधुरै रहेको खबरले श्रेष्ठले त्यसलाई पुरा गर्न सहयोग पुग्ने भन्दै पैसा पठाएको बताए ।  रकम हस्तान्तरणको क्रममा मानवअधिकारकर्मी राउतले जनआन्दोलन तथा मधेस आन्दोलनका घाइतेहरुलाई राज्यले कम्तिमा आवास, स्वास्थ्य र छोराछोरीको शिक्षाको लागि सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘उहाँहरुकै बलिदानीका कारण मधेसवादी दलहरु आज सरकारमा छन्, भोली पनि जालान् तर घाइते र सहिद परिवारको बारेमा खासै चासो दिएनन् । अब उनीहरुको समस्या बुझ्न ढिला गर्नु हुँदैन ।’

सोही क्रममा साहका छोराछोरीलाई लहान २४ का वडा अध्यक्ष कमलदेवी यादवले स्कूल पोशाक र पुस्तक तथा स्टेशनरी प्रदान गरेकी छिन् । निर्माण व्यवसायी महासंघका उपाध्यक्ष राजलाल गुप्ता तथा भूमिका यातायात प्रालिका भुपाल घिमिरेले पनि स्टेशनरी प्रदान गरेका छन् ।

लहान बजारमा रिक्सा चलाएर जीविका चलाउँदै आएका घाइते साहलाई मधेस आन्दोलनको पहिलो साता २०६४ माघ ८ गते प्रहरीले चलाएको गोली लागेको थियो । त्यही गोलीले उनको दाहिने खुट्टाको घुडा तलको भाग टुक्रिएको थियो । त्यसपछि महिनौ अस्पताल बसेर घर आएका साहको दैनिक जीवन कष्टकर बन्दै आएको छ । लामो समय गिटी बालुवा चालेर जीविका धान्दै आएका साह अहिले सिटी रिक्सा चलाएर २ छोरा, १ छोरी र श्रीमतीसहित पाल्दै आएका छन् ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.