बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्कुलबाट फर्कंदै गरेका बालकको मृत्यु

मङ्गलबार, ०७ माघ २०७६, २१ : ३९
मङ्गलबार, ०७ माघ २०७६

स्कुलबाट फर्कंदै गरेका एक बालकको सडक दुर्घटनामा परी आज अपराह्न मृत्यु भएको छ ।

 काठमाडौँबाट झापातर्फ तीव्र गतिमा गइरहेको बा३ख ७९७७ नंको हायस गाडीको ठक्करबाट शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहा बस्ने रामकुमार चौधरीको आठ वर्षीय छोरा प्रशान्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै पुगेको इलाका प्रहरी कार्यालय रुपनीले गाडी र चालक विपिन थापालाई नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक यमलाल बञ्जाडेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप