बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सवारी लाइसेन्स बनाइदिने भनी पैसा लिने दुई जना पक्राउ

मङ्गलबार, ०७ माघ २०७६, २१ : ३६
मङ्गलबार, ०७ माघ २०७६

ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भनी पैसा लिने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालय ठूलोभ¥याङमा लाइसेन्स परीक्षामा पास गरिदिने भन्दै रकम लिने बाजुराका २५ वर्षीय मानबहादुर रोकाया र धादिङका ३८ वर्षीय गणेश गुरुङलाई आज दिउँसो पक्राउ गरेको हो । 

    महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले लिखित परीक्षमा पास गरिदिने भन्दै रु दुई हजार लिएकाले पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भूमा पठाएको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप