आईएमएस ग्रुप नेपालका लागि लिनियर फ्ल्क्सको आधिकारीक बिक्रेता
काठमाडौं– आईएमएस ग्रुप अब नेपालमा लिनियर फ्ल्क्सका लागि एक मात्र आधिकारिक बिक्रेता बनेको छ ।
डाक्टर र मोन्स्टर प्रोडक्टस्का इन्जिनियरहरूले बनाएको लिनियर फ्ल्क्स हेडफोनको एक ब्राण्ड हो जसले वायरलेस हाइपर डेफिनेशन अडियोको अनुभव दिनेछ । निरन्तर दुई वर्षको अनुसन्धान र प्रविधि विकास पछि अमेरिकन ब्राण्ड लिनियर फ्ल्क्स आधिरकारीक रुपमा सुरु भएको हो ।
लिनियर फ्ल्क्स हाइपर सोनिक एक वायरलेस हेडफोन हो जुन सक्रिय जीवनशैलीको लागि बनेको हो । यस हेडफोनलाई लेडी गागा, डा. ड्री, पफ डेडी, ब्ल्याक आई पीस, फार इष्ट मुभमेन्ट, जय छउ, वन्डर गर्ल जस्ता सांगितक क्षेत्रका महानहस्तीहरुबाट परिक्षण भएको छ ।
यसको डीएल ०१ इमर्जिभ ध्वनि इन्जिनको विशेषताले संगीतको स्पष्टता बढाउँछ र बेसको लागि उपयुक्त रहेको छ । लिनियर फ्ल्क्स हाइपर सोनिक पानी प्रतिरोधी छ र यसमा कुनै पनि रिचार्जवल केबुलहरूको आवश्यकता पर्दैन ।
हाल कम्पनीले लिनियर फ्ल्क्स उत्पादनहरू स्मार्टडोकोको मार्फत उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी